National life

सेयर बजारमा स्वर्णीम युग, नेप्से ४ हजार माथि पुग्ने विश्लेषक भट्टराईको अनुमान

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०९ चैत २०८२, सोमबार
2KShares
सेयर बजारमा स्वर्णीम युग, नेप्से ४ हजार माथि पुग्ने विश्लेषक भट्टराईको अनुमान
ncell

काठमाडौँ। नयाँ सरकार गठनको तयारीसँगै नेपाली सेयर बजारमा सकारात्मक संकेतहरू देखिन थालेका छन्। पछिल्लो समय लगानीकर्ताहरूको मनोबल बढ्दै गएको छ भने बजारप्रतिको विश्वास पनि क्रमशः सुदृढ बन्दै गएको देखिन्छ

बजारका जानकारहरुका अनुसार वर्तमान वातावरणले आगामी दिनमा बजारलाई उकालो दिशातर्फ लैजाने सम्भावना बलियो बनाएको छ । केही दिनमा देशमा झण्डै दुई तिहाईको बलियो सरकार आउने भएकाले लगानीकर्ताहरु उत्साहित छन् ।

सोही सन्दर्भमा आर्थिक भ्वाइसले शेयर विश्लेषक सुवासचन्द्र भट्टराई लाई आगामी बजारको यात्राबारे कुराकानी गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश

लगानीकर्तामा बढ्दो आत्मविश्वास

सेयर लगानीकर्ता सुवासचन्द्र भट्टराईले आर्थिक भ्वाईससँगको कुराकानीमा नयाँ सरकारप्रति लगानीकर्ताहरूमा धेरै अपेक्षा रहेकाले त्यसको प्रत्यक्ष प्रभाव बजारको ‘सेन्टिमेन्ट’मा उल्लेखनीय रुपमा देखिने बताएका छन् ।

उनले भने, “अहिलेदेखि नै बजारमा सकारात्मक माहोल बनेको छ। अब सरकारले कस्तो नीति ल्याउँछ भन्ने कुराले बजारको गति निर्धारण हुन्छ।”

https://www.youtube.com/watch?v=wEy356OgPvg&t=462s

उनका अनुसार बजारमा अहिले देखिएको उत्साह केवल अल्पकालीन नभई मध्यकालीन तथा दीर्घकालीन रूपमा पनि सकारात्मक संकेत दिने खालको छ । उनले नयाँ सरकार गठन भए पछि सेयर बजारको स्वर्णीम युग आउने बताए ।

नेप्से ४ हजार १८० माथि पुग्ने अनुमान

भट्टराईले चालु आर्थिक वर्षभित्रै नेप्से परिसूचक उल्लेखनीय रूपमा बढ्न सक्ने बताएका छन्। उनका अनुसार नेप्से ४ हजार १८० अंकभन्दा माथि पुग्ने सम्भावना देखिएको छ।

“अङ्क किटान गरेर भन्नु सधैं जोखिमपूर्ण हुन्छ, तर अहिलेको अवस्था हेर्दा ४ हजारभन्दा माथि पुग्नु असम्भव छैन ।” उनले भने ।

उनले बजारको वर्तमान गति, लगानीकर्ताको विश्वास र सम्भावित नीतिगत सुधारलाई यस्तो प्रक्षेपणको आधार मानेका छन्।

यी क्षेत्रका लगानीकर्ता बन्न सक्छन् मालामाल

सेयर बजारको वृद्धिमा कुन क्षेत्र अग्रसर हुन्छ भन्ने सन्दर्भमा भट्टराईले बैंकिङ र जलविद्युत् (हाइड्रोपावर) क्षेत्रलाई प्रमुख चालकका रूपमा औंल्याएका छन्।

https://www.youtube.com/watch?v=OeXaT_jeh6w&t=16s

“सेक्टर निर्धारण सधैं निश्चित हुँदैन, तर बैंकिङ र हाइड्रोपावरले बजारलाई अगाडि लान्छन् भन्ने देखिन्छ,” उनले भने ।

यी क्षेत्रहरूमा लगानीकर्ताको आकर्षण बढ्दै गएको र दीर्घकालीन लगानीका लागि पनि उपयुक्त क्षेत्र मानिने भएकाले बैंकिङ र जलविद्युतले आगामी दिनमा बजारमा आफ्नो चमत्कार देखाउन सक्ने उनको धारणा छ।

अपरिपक्व लगानीकर्ताको प्रभाव अझै कायम

भट्टराईले नेपाली सेयर बजारमा अझै पनि अपरिपक्व लगानीकर्ताहरूको बाहुल्यता रहेको उल्लेख गरेका छन्। उनका अनुसार धेरै लगानीकर्ताहरू भावनामा आधारित निर्णय लिने प्रवृत्तिका छन्, जसले बजारमा अनावश्यक उतारचढाव ल्याउने गर्दछ।

“बजार बढ्दा अत्यधिक उत्साहित हुने र घट्दा हतारमा बेच्ने प्रवृत्ति अझै देखिन्छ, यसले बजारलाई स्थायित्वतर्फ लैजान चुनौती सिर्जना गरेको छ।” उनले भने।

लगानीकर्ताका लागि मुख्य सुझाव

भट्टराईले लगानीकर्तालाई जोखिम व्यवस्थापन र अनुशासनमा विशेष ध्यान दिन आग्रह गरेका छन्। ठूलो ऋण लिएर लगानी नगर्ने, आफ्नै पूँजी प्रयोग गर्ने, समय–समयमा नाफा सुरक्षित (प्रफिट बुकिङ) गर्ने, बजारबारे अध्ययन र विश्लेषण बढाउने र धैर्यता नै सेयर बजारको सबैभन्दा ठूलो शक्ति भएकोमा उनले जोड दिए।

https://www.youtube.com/watch?v=DBuz-wojZR8&t=26s

“धैर्यता राखेर लगानी गर्नेले राम्रो प्रतिफल पाउन सक्छन्,” उनले भने । नयाँ सरकारको शपथ तथा कार्यभार सम्हाल्ने समयको आसपास बजारको ठ्याक्कै दिशा अनुमान गर्न गाह्रो भए पनि समग्र प्रभाव सकारात्मक हुने अपेक्षा गरिएको छ।

भट्टराईका अनुसार लगानीकर्ताहरूले नयाँ सरकारलाई स्वागत गर्ने भएकाले बजारमा सकारात्मक ऊर्जा थपिनेछ।

“सरकारप्रति विश्वास बढेपछि लगानी पनि बढ्छ, जसले बजारलाई सहयोग गर्छ,” उनले बताए।

https://aarthikvoice.com/archives/86231

समग्रमा, वर्तमान राजनीतिक तथा आर्थिक परिवेशले नेपाली सेयर बजारमा आशावादी संकेतहरू देखाएको छ। लगानीकर्तामा बढ्दो आत्मविश्वास, नयाँ सरकारप्रतिको अपेक्षा र प्रमुख क्षेत्रहरूको सम्भावित योगदानले बजारलाई उकालो यात्रातर्फ अघि बढाउने देखिन्छ। यद्यपि, जोखिम व्यवस्थापन, धैर्यता र अध्ययनलाई प्राथमिकता नदिँदा लगानीकर्ताले चुनौती सामना गर्नुपर्ने सम्भावना पनि उत्तिकै रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?