National life

दीपक मनाङेले लिए भौतिक पूर्वाधारमन्त्रीको शपथ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ चैत २०८०, सोमबार
602Shares
दीपक मनाङेले लिए भौतिक पूर्वाधारमन्त्रीको शपथ
ncell

काठमाडौँ । गण्डकीमा प्रदेशसभा सदस्य दीपक मनाङेले मन्त्री पदको शपथ लिएका छन् ।

आज सोमबार उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराएका हुन् । उनी गण्डकीको भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् ।

यो सँगै मनाङे चौथो पटक मन्त्री बनेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
केन्द्रमा एमाले र माओवादी केन्द्रको गठबन्धन बने पनि गण्डकीमा नेपाली काँग्रेसले प्रदेशसभामा आफैँ बहुमत पुर्‍याउने गरी तयारी गरिरहेको छ ।

त्यसकै सिलसिलामा मनाङबाट स्वतन्त्र रूपमा जितेका दीपक मनाङेलाई मन्त्री बनाएका हुन् । चुनाव जितेपछि एकीकृत समाजवादीमा प्रवेश गरेका मनाङेले सोमबार मात्र पार्टी छाडेको घोषणा गरेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
602SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?