National life

पशुपति क्षेत्र विकास कोषबाट सयभन्दा बढी सल्लाहकार खारेज

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ पुस २०८०, बुधबार
809Shares
पशुपति क्षेत्र विकास कोषबाट सयभन्दा बढी सल्लाहकार खारेज
ncell

काठमाडौं । विभिन्न समयमा नियुक्त गरिएका पशुपति क्षेत्र विकास कोषका एकसय भन्दा बढी सल्लाहकार खारेज गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषको बुधबार बसेको परिषद बैठकले उनीहरुको नियुक्ति खारेज गरेको हो । कोषमा २०४६ सालअघिदेखि नियुक्त सल्लाहकार थिए ती मध्येमा अधिकांश बहुदल आएपछि नियुक्त भएका सल्लाहकार हुन।

कोषका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको सचिवालयले उक्त निर्णय भएकोसञ्चारमाध्यमलाई जानकारी दिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, परिषद बैठकले पशुपति क्षेत्र परिसरमा मदिरा बिक्री वितरण बन्देज गर्ने निर्णय गरेको छ । यद्यपि यो निर्णय यसअघि नै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गरिसकेका थिए ।

बैठकले पशुपतिनाथ दर्शन तथा अवलोकनमा आउने दर्शनार्थी र पर्यटकहरुको सुरक्षाका लागि सुरक्षा पोष्टहरु निर्माण गर्ने लगायतको निर्णय गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
809SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?