National life

माछापुच्छ्रे बैंकद्वारा क्रस बोर्डर भुक्तानीलाई सहजीकरण गर्न सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ चैत २०८०, शुक्रबार
653Shares
माछापुच्छ्रे बैंकद्वारा क्रस बोर्डर भुक्तानीलाई सहजीकरण गर्न सम्झौता
ncell

काठमाडौं । डिजिटल बैंकिङ्ग सेवालाई प्रभावकारी र सहज बनाउने उदेश्यले माछापुच्छ्रे बैंकले हालै नेपाल र भारत वीच क्रस बोर्डर भुक्तानी सहजीकरण गर्नका निमित्त नेपाल क्लियरिङ्ग हाउस र फोन पे संग भिन्दा भिन्दै सम्झौता गरेको छ ।

फोन पे संगको सम्झौताले नेपाल भ्रमणमा आउने भारतीय ग्राहकलेUPI-enabled apps को प्रयोगद्वारा आफुले प्रयोग गरेको सेवा तथा खरिद गरेको वस्तु तत्काल फोन पे नेटर्वक आवद्ध माछापुच्छ्रे बैंकका मर्चेन्टहरुमासोझै भुक्तानी गर्न सक्ने सुविधा प्रदान गर्नेछ ।

सम्झौताले व्यापारीहरूमा नगद लेनदेन कारोबार हटाएर क्यूआर भुक्तानीमार्फत सहज रुपमा कारोबार गर्न सुविधा प्रदान गरेको छ । साथै, भविष्यमा व्यापारी भुक्तानी च्यानललाई सहजीकरण गर्न हेतु नेपाल क्लियरिङ्ग हाउससँग participating  तथा  Settlement बैंक साझेदारी समेत गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस सम्झौता अनुरुप उक्त सेवा लाईभ गए पश्चात नेपालमा रहेका भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै माछापुच्छ्रे बैंकमा खोलिएको कुनै पनि ग्एक्ष् ह्यान्डल–लिंक गरिएको खाताबाट भारतमा सीधै पैसा पठाउन सक्नेछन् ।

नेपाल राष्ट्र बैंकले तोकेको सिमाभित्र बसेर नेपाल राष्ट्र बैंकले तोकीए बमोजिम दैनिक रुपमा १५ हजार भारतिय रुपैयाँँ र मासिक १ लाख सम्म भारत पठाउन यो सम्झौताले सहज हुने विश्वास बैंकले लिएको छ ।

यसै गरि भारतमा रहेका नेपाली नागरिकहरूले पनि UPI-enabled apps प्रयोग गरेर त्यहाँको नियामक निकयले तोकेको सिमाभित्र बसेर नेपालमा माछापुच्छ्रे बैंकको ग्एक्ष् ह्यान्डल–लिंक गरिएको खातामा सिधै पैसा पठाउन सक्नेछन् । हाललाई भारतमा रहेका नेपाली नागरिकहरूले भारतीय बैंकमा खोलेको खाताबाट प्रति करोवार भारु दुई लाख सम्म र खाता नभएको खण्डमा १ वर्षमा १२ वटा भन्दा बढि कारोबार ननाघ्ने गरि आफुलाई पायक पर्ने भारतीय बैंकबाट प्रति करोवार भारु पचास हजार पठाउन सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
653SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?