National life

अमेरिकी अस्ट्रेलियन डलर स्थिर, अन्य देशको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०४ माघ २०८२, आइतबार
975Shares
अमेरिकी अस्ट्रेलियन डलर स्थिर, अन्य देशको कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य स्थिर छ।

आज अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यही पुस २ गते अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज युरो १ को खरिदर १६८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६९ रुपैयाँ २९ पैसा छ। आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९४ रुपैयाँ ५१ र बिक्रीदर १९५ रुपैयाँ ३१ पैसा छ। आज अस्ट्रेलियन डलर १ को खरिदर ९७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७२ पैसा छ।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ४२ पैसा छ। आज बहराइन दिनार १ को खरिदर ३८४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ४४ पैसा छ। यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
975SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?