National life
cg eloctronics

मंगलबारको विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलर स्थिर

max lubricant tata
Aarthik voice
Aarthik voice
३ दिन अगाडि|०८ मंसिर २०८३, मङ्गलबार
1.4kShares
मंगलबारको विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलर स्थिर
muktinatha bikash bank

काठमाडौं: नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलरको खरिददर १४८ रूपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रूपैयाँ ९६ पैसा तोकिएको छ।

युरोपियन युरोको खरिददर १६२ रूपैयाँ ८३ पैसा र बिक्रीदर १६३ रूपैयाँ ४८ पैसा कायम भएको छ। त्यस्तै, युके पाउन्ड स्ट्रलिङको खरिददर १९४ रूपैयाँ ५७ पैसा र बिक्रीदर १९५ रूपैयाँ ३५ पैसा रहेको छ। स्वीस फ्र्याङ्कको खरिददर १७६ रूपैयाँ ८१ पैसा र बिक्रीदर १७६ रूपैयाँ ५२ पैसा तोकिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

अष्ट्रेलियन डलरको खरिददर ९८ रूपैयाँ ६१ पैसा र बिक्रीदर ९९ रूपैयाँ ०१ पैसा, क्यानेडियन डलरको खरिददर १०३ रूपैयाँ ५५ पैसा र बिक्रीदर १०३ रूपैयाँ ९७ पैसा तथा सिङ्गापुर डलरको खरिददर ११५ रूपैयाँ ०५ पैसा र बिक्रीदर ११५ रूपैयाँ ५१ पैसा कायम गरिएको छ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ३२ पैसा र बिक्रीदर नौ रूपैयाँ ३६ पैसा, चिनियाँ युआनको खरिददर २२ रूपैयाँ २६ पैसा र बिक्रीदर २२ रूपैयाँ ३५ पैसा तोकिएको छ। साउदी अरेबियन रियालको खरिददर ३९ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३९ रूपैयाँ ७० पैसा तथा कतारी रियालको खरिददर ४० रूपैयाँ ७० पैसा र बिक्रीदर ४० रूपैयाँ ८६ पैसा कायम भएको छ।

everest bank

त्यसैगरी, थाई भाटको खरिददर चार रूपैयाँ ३६ पैसा र बिक्रीदर चार रूपैयाँ ३८ पैसा, युएई दिरामको खरिददर ४० रूपैयाँ ३९ पैसा र बिक्रीदर ४० रूपैयाँ ५६ पैसा, मलेसियन रिङ्गेटको खरिददर ३५ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३६ रूपैयाँ १३ पैसा रहेको छ। साउथ कोरियन वन १०० को खरिददर ११ रूपैयाँ ०३ पैसा र बिक्रीदर ११ रूपैयाँ ०७ पैसा, स्वीडिस क्रोनरको खरिददर १४ रूपैयाँ ५२ पैसा र बिक्रीदर १४ रूपैयाँ ५८ पैसा र डेनिस क्रोनरको खरिददर २१ रूपैयाँ ७८ पैसा र बिक्रीदर २१ रूपैयाँ ८७ पैसा तोकिएको छ।

हङकङ डलरको खरिददर १८ रूपैयाँ ९२ पैसा र बिक्रीदर १९ रूपैयाँ, कुवेती दिनारको खरिददर ४८० रूपैयाँ २८ पैसा र बिक्रीदर ४८२ रूपैयाँ २३ पैसा, बहराइन दिनारको खरिददर ३९३ रूपैयाँ २७ पैसा र बिक्रीदर ३९४ रूपैयाँ ८६ पैसा तथा ओमानी रियालको खरिददर ३८५ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३८६ रूपैयाँ ९० पैसा रहेको छ। भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले तोकेको यो दर आवश्यकतानुसार संशोधन हुन सक्ने र वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?