काठमाडौं । नेपाल राष्ट्रबैंकले आज माघ २८ गते सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ।
आज १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १४० रुपैयाँ १९ पैसा कायम भएको छ । यस्तै, खरिददर १३९ रुपैयाँ ५९ पैसा कायम भएको छ ।
यसअघि आइतबार पनि डलर यहि भाउमा कारोबार भएको थियो ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा रहेको छ भने खरिददर १४४ रुपैयाँ १६ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७३ रुपैयाँ ९८ पैसा खरिददर १७३ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


































