National life

अमेरिकाले ल्यायो ट्रम्पको तस्वीर भएको एक डलरको सिक्का, केही घण्टामै सकियो

अमेरिकी मिंटका अनुसार यो सिक्का दैनिक कारोबारमा प्रयोग गर्न नभई संग्रहका लागि जारी गरिएको हो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१३ दिन अगाडि|२१ भदौ २०८३, आइतबार
1.4kShares
अमेरिकाले ल्यायो ट्रम्पको तस्वीर भएको एक डलरको सिक्का, केही घण्टामै सकियो
ncell

काठमाडौँ । अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवको अवसरमा अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्वीर अंकित एक डलरको सिक्का सार्वजनिक गरेको छ । अमेरिकी मिंटले विशेष अवसरको स्मरणमा उक्त सिक्का तयार गरेको हो ।

अमेरिकी मिंटका अनुसार यो सिक्का दैनिक कारोबारमा प्रयोग गर्न नभई संग्रहका लागि जारी गरिएको हो । स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवलाई स्मरणीय बनाउने उद्देश्यले तयार गरिएको सिक्का बिक्रीमा राखिएको केही घण्टामै ‘आउट अफ स्टक’ भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बिक्रीका लागि राखिएका प्रारम्भिक सिक्का सकिएपछि थप सिक्का उत्पादन भइरहेको अमेरिकी मिंटले जनाएको छ । मिंटका अनुसार २५ वटा सिक्काको एउटा रोलको मूल्य ६१ अमेरिकी डलर तोकिएको छ भने १०० वटा सिक्काको एउटा ब्यागको मूल्य १५४.५९ अमेरिकी डलर रहेको छ ।

सुनौलो रंगमा तयार गरिएको उक्त सिक्कामा वास्तविक सुन भने प्रयोग गरिएको छैन । सिक्कामा ट्रम्पको तस्वीरसँगै अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवसँग सम्बन्धित डिजाइन समावेश गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?