National life

आजपनि नवदुर्गाको प्रसाद स्वरुप टीकाजमरा लगाउने क्रम जारीः दसैँ बिदा भने सकियो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ असोज २०८१, मङ्गलबार
683Shares
आजपनि नवदुर्गाको प्रसाद स्वरुप टीकाजमरा लगाउने क्रम जारीः दसैँ बिदा भने सकियो
ncell

काठमाडौं । आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आजपनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम जारी रहेको छ ।

मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने चलन रहेको छ ।

महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको राजधानीमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ ।

यसैबीच दसैँको सार्वजनिक बिदा भने मंगलबार आजदेखि सकिएको छ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जसअनुसार आजदेखि सरकारीसहितका कार्यालय खुल्दैछन् ।

सप्तमी अर्थात असोज २४ देखि सुरु भएको बिदा आज त्रियादशीका दिनदेखि खुल्न लागेको हो ।

यो समाचार शेयर गर्नुहोस्
683SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?