काठमाडौं । राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिले देशवासीको नाममा विजयादशमीको शुभकामना सन्देश व्यक्त गरेकाछन् ।
उनले देशमा स्थायित्व, सुशासन र समृृद्धिको कामना समेत गरेका छन् ।
यस्तै उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रियतालाई बलियो बनाउँदै देशलाई समृद्धितर्फ उन्मुख गराउन विजयादशमीले सम्पूर्ण नेपालीलाई उत्प्रेरित गर्न सकोस् भनी कामना गरेका छन् ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाका बिच आपसी सहयोग र सद्भावका साथ विजया दशमी मनाउन अनुरोध गर्नुभएको छ ।
विजया दशमी २०८१ को अवसरमा उनले भिडियो सन्देशमार्फत देशभित्र तथा प्रवासमा रहनुभएका सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै विपद्अघिको अवस्थामा समाजलाई फर्काउन सरकारसँग ‘होस्टेमा हैसे’ मिलाउन सबैलाई आह्वान समेत गरे ।
यस्तै उनल सरकार राहत र पुनःस्थापनामा केन्द्रित रहेको भन्दै उहाँले क्षतिको मूल्याङ्कन गरेर क्षतिपूर्ति उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
विजयादशमीको अवसरमा अन्य दलका शीर्ष नेता तथा विशिष्ट व्यक्तिहरुले पनि शुभकामना व्यक्त गरेका छन् । शुभकामनामार्फत् सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन एवम् नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने उल्लेख उनीहरुले गरेका छन् ।


































