National life

सिद्धार्थ क्यापिटलको लाभांश घोषणा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०४ असोज २०८०, बिहिबार
564Shares
सिद्धार्थ क्यापिटलको लाभांश घोषणा
ncell

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्नो बाह्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको निर्णयले सभा असोज २५ गते सिद्धार्थ क्यापिटलको कार्यालय, नारायणचौर, काठमाडौंमा आयोजना गरेको हो ।

सभाले कम्पनीको आर्थिक वर्ष २०७९.८० सम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत अर्थात पाँच करोड रुपैयाँ सहित नगद लाभांश प्रदान गर्न सञ्चालक समितिले गरेको प्रस्ताव पारित गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सभाले सञ्चालक समितिको तर्फवाट प्रस्तुत आव २०७९.०८० को वार्षिक प्रतिबेदन उपर छलफल गरी पारित गर्ने, आव २०७९.०८० को लेखापरिक्षणको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, वार्षिक नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरु माथि छलफल गरी पारित गर्ने भएको छ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आव २०८०.०८१ को लागि लेखापरिक्षण समितिले सिफारिस गरे बमोजिम लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
564SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?