National life

मुक्तिनाथ म्युचुअल फण्ड–१ को लाभांश वितरण सुरु, कसले पाउँछन्?

इकाइधनीको खातामा आयो २०% लाभांश, मुक्तिनाथको यस्तो खबर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१३ असोज २०८३, मङ्गलबार
332Shares
मुक्तिनाथ म्युचुअल फण्ड–१ को लाभांश वितरण सुरु, कसले पाउँछन्?
ncell

काठमाडौं । मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालित मुक्तिनाथ म्युचुअल फण्ड–१ का इकाइधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट २० प्रतिशत नगद लाभांश पाउने भएका छन् ।

योजनाले करसहित २० प्रतिशत नगद लाभांश वितरण सुरु गरेको हो । मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार असोज २ गतेदेखि सम्बन्धित इकाइधनीको बैंक खातामा लाभांश जम्मा गर्न थालिएको छ ।

मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा मुक्तिनाथ क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यस योजनाले मुनाफाबाट लाभांश वितरण गरेको हो ।

Royal Enfield
nic asia capital

बैंक खाता अद्यावधिक गर्न आग्रह

क्यापिटलले हितग्राही खातामा बैंक खाता अद्यावधिक नगरेका इकाइधनीलाई आफ्नो बैंक विवरण अद्यावधिक गर्न आग्रह गरेको छ ।

यस्तै, धितो राखिएका इकाइको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट ‘नो अब्जेक्सन लेटर’ वा फुकुवा पत्र पेस गर्नुपर्नेछ । आवश्यक कागजात पेस गरेपछि मात्र त्यस्ता इकाइधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिने क्यापिटलले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
332SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?