काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।
कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरण पारित गर्दै चुक्तापुँजीको ३० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीको चुक्तापुँजी १ अर्ब ९० करोड रुपैयाँ रहेको छ। सोको ३० प्रतिशत बराबरको रकम ५७ करोड रुपैयाँ हुन्छ।
कम्पनीले घोषणा गरेको लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ।
सञ्चालक समितिबाट प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ।
वार्षिक साधारण सभाले प्रस्ताव पारित गरेपछि कम्पनीले तोकेको मितिसम्म कायम सेयरधनीले उक्त नगद लाभांश प्राप्त गर्नेछन्।

































