काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
भदौ ११ गते बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले कायम सञ्चित मुनाफाबाट साधारण तथा अग्राधिकार सेयरधनीलाई नगद लाभांश दिने निर्णय गरेको हो।
प्रस्तावअनुसार बैंकले साधारण सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्नेछ। त्यस्तै, अग्राधिकार सेयरधनीका लागि ८.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ।
अग्राधिकार सेयरको लाभांश सेयर बाँडफाँड भएको मितिदेखि आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको अवधिका लागि समानुपातिक रूपमा वितरण गरिने बैंकले जनाएको छ।
बैंकको हाल कायम साधारण सेयर पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४ रुपैयाँ ३३ पैसा रहेको छ। त्यस्तै, अग्राधिकार सेयर पुँजी २ अर्ब रुपैयाँ रहेको बैंकले जनाएको छ।
प्रस्तावित लाभांश सम्बन्धित नियामक निकायको स्वीकृति तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ।














![सानिमा बैंकले पायो [CARE-NP] A- (Is) रेटिङ](https://api.aarthikvoice.com/storage/posts/सानिमा-बैंकले-पायो-care-np-a-is-रेट-86571.jpg)



















