National life

आज पनि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ जेठ २०८२, सोमबार
1.3kShares
आज पनि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
ncell

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको सुनुवाइ (आज) सोमबार पनि स्थगित भएको छ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीस नित्यानन्द पाण्डेको संयुक्त इजलासमा परेको सो रिट ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको हो ।

अघिल्लो दिन सर्वोच्च अदालतले (आज) मङ्गलवारका लागि पेसी तोकेको थियो। सर्वोच्च प्रशासनले सोमबार पनि हेर्न नमिल्ने भन्दै सुनुवाइ स्थगित गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । यद्यपि उक्त पेसी पनि हेर्न नमिल्ने भन्दै सुनुवाइ स्थगित भएको छ ।

यसअघि पनि यो रिट पाँच पटक हेर्न नमिल्नेमा परेको थियो । एक महिनाअघि दायर भएको रिटमा अहिलेसम्म एकपटक मात्रै सुनवाइ भएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?