National life

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०३ पुस २०८२, बिहिबार
1KShares
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश
ncell

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने धरौटीमा रिहा हुने भएका छन्। उच्च अदालतले सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा थुनामा रहेका लामिछानेलाई धरौटी लिएर छाड्न आदेश दिएको हो।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले बिहीबार लामिछानेलाई धरौटीमा रिहा गर्नुपर्ने ठहर गरेको छ। अदालतको आदेशसँगै उनी २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बिगो बुझाएर रिहा हुनेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफूले अपचलन गरेको भनिएको रकम बराबरको बिगो दाखिला गरे पनि यसअघि जिल्ला अदालत रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो। जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनलाई थुनामै राख्ने आदेश दिएको थियो।

जिल्ला अदालतको उक्त आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए, जसको सुनुवाइपछि उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?