National life

राजनीति भ्रष्टाचारको साङ्लोमा बेरिएकाे छ, यसलाई भत्काएर राजनीति सफा नगरी देश बदल्न सकिदैन : गृहमन्त्री श्रेष्ठ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०८ साउन २०८०, सोमबार
628Shares
राजनीति भ्रष्टाचारको साङ्लोमा बेरिएकाे छ, यसलाई भत्काएर राजनीति सफा नगरी देश बदल्न सकिदैन : गृहमन्त्री श्रेष्ठ
ncell

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको साङ्लोमा राजनीति बेरिएकाे बताएका छन् । पुष्पलालको ४६ औं स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्रले सोमबार काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन् ।

उनले भ्रष्टाचारको साङ्लोमा राजनीति बेरिएकाे बताउँदै त्यसलाई भत्काएर राजनीतिलाई सफा नगरी देश बदल्न नसकिने बताए ।

कमिसनतन्त्र र भ्रष्टाचारको जालोले राजनीतिलाई जवर्जस्त रुपमा गाँजेको बताए उनले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले समाजवादमा गएपछि पनि भ्रष्टाचार स्वतः अन्त्य नहुने बताए । उनले भ्रष्टाचार र कमिशनतन्त्रको अन्त्य गर्न जरुरी रहेको बताए । उनले नयाँ प्रकारको लोकतन्त्र स्थापित गर्न नसक्दा जनतामा निराशा र विकर्षण रहेको स्वीकार गर्दै आर्थिक सामाजिक रुपान्तरणको प्रक्रिया धेरै धीमा र मन्द गतिमा सीमित रहेको बताए ।

गृहमन्त्री श्रेष्ठले भने, ‘त्यसो हुनुमा कमिसनतन्त्र र भ्रष्टाचारको जालोले राजनीतिलाई जवर्जस्त रुपमा गाँजेको छ मूल समस्या यो हो ।’

मन्त्री श्रेष्ठले विभिन्न भ्रष्टाचार काण्डहरुबारे सरकारले कदम चालिहरेको भन्दै दोषी र अपराधी नछुट्ने गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको समेत दिए ।

 

यो समाचार शेयर गर्नुहोस्
628SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?