National life

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्यो वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|१७ कात्तिक २०८२, सोमबार
1.4kShares
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्यो  वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
ncell

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय इलामका तत्कालीन र हाल भोजपुरमा कार्यरत डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ।

श्रेष्ठले २०४८ साल असार २६ गतेदेखि २०८० साल फागुन १६ गतेसम्मको अवधिमा आफ्नो पारिवारिक सदस्यहरूसहित वैधानिक आम्दानी र प्रमाणित खर्चको तुलनामा एक करोड ४३ लाख १८ हजार ९३७ रुपियाँ ५२ पैसा बराबरको स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आयोगले जनाएको छ।

आयोगका अनुसार अनुसन्धानका क्रममा श्रेष्ठले पेस गरेको सम्पत्ति विवरणमा देखिएका तलब–भत्ता, पारिवारिक आय, जग्गा बिक्री, व्याज, शेयर, कृषिलगायतका वैधानिक आयहरूको तुलना गर्दा उक्त रकम अस्वाभाविक रूपमा बढी रहेको पाइएको छ।

सार्वजनिक सेवामा रहेर पदीय अख्तियारको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको पुष्टि भएपछि साविक भ्रष्टाचार निवारण ऐन, २०१७ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना र बिगो असुल उपरको माग गर्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यससँगै श्रेष्ठको पत्नी नरमाया श्रेष्ठ, बुहारी भावना बरुवाल र भावना बरुवाल सञ्चालक रहेको ‘फरेस्ट एन्ड इनभाइरोमेन्ट रिसर्च अर्गनाइजेशन प्रा.लि.’, भक्तपुरको नाममा खरिद र लगानी गरिएका सम्पत्तिहरूसमेत जफत गर्न मागदाबी गरिएको अख्तियारले बताएको छ।

वार्षिक सम्पत्ति विवरण फारममा आफ्नो वास्तविक सम्पत्ति लुकाएको पाइएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (२) बमोजिम झुठा विवरण पेस गरेको अभियोग पनि लगाइएको छ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, प्रतिवादीमाथि गैरकानूनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गरी असुल उपर गर्ने मागसहित आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?