National life

विप्लव नेतृत्वको नेकपाद्वारा ‘गो ब्याक एमसीसी’ भन्दै विरोध प्रदर्शन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१० भदौ २०८०, आइतबार
618Shares
विप्लव नेतृत्वको नेकपाद्वारा ‘गो ब्याक एमसीसी’ भन्दै विरोध प्रदर्शन
ncell

काठमाडौँ । विप्लव नेतृत्वको नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) कार्यान्वयनविरूद्ध प्रदर्शन गरेको छ । विप्लव नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरूद्ध आज देशव्यापी प्रदर्शन गरेको हाे ।

संसद्‍बाट व्याख्यात्मक टिप्पणीसहितको १२ बुँदे सम्झौता सम्बन्धमासमेत अमेरिकाले आधिकारिक धारणा सार्वजनिक नगरेको भन्दै नेकपाले देशव्यापी विरोध प्रदर्शन गरेको हो ।

पार्टीको उपत्यका ब्यूरो र जबस मोर्चाले राजधानी काठमाडौँमा एमसीए नेपालको कार्यालय अघि प्रदर्शन गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
एमसीसी परियोजना राष्ट्रघाती भएको निष्कर्ष निकाल्दै उसले भदौ ५ गते चरणबद्ध आन्दोलन घोषणा गरेको थियो । १२ बुँदे सम्झौता सम्बन्धमा अमेरिकाले आफ्नो धारणा सार्वजनिक नगरेसम्म नेपालमा एमसीसी कार्यान्वयन हुन नदिन चेतावनी दिएको छ ।

एमसीसी राष्ट्रघाती भएकाे भन्दै विप्लव नेतृत्वको नेकपाले ‘गो ब्याक एमसीसी’ लगायतका नारासहित विरोध प्रदर्शन गरेको हो ।

यो समाचार शेयर गर्नुहोस्
618SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?