National life

एमसीसीले ६ अर्ब ८० करोड रुपैयाँ थप सहायता रकम प्रदान गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ पुस २०८१, शुक्रबार
763Shares
एमसीसीले ६ अर्ब ८० करोड रुपैयाँ थप सहायता रकम प्रदान गर्ने
ncell

काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले झन्डै सात अर्ब रुपैयाँ अनुदान थप्ने भएको छ । एमसीसीले ६ अर्ब ८० करोड रुपैयाँ थप सहायता रकम प्रदान गर्ने भएको हो ।

अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गएको २०८० साल भदौदेखि कार्यान्वयन भएको ९२ अर्ब रुपैयाँ बराबरको एमसीसीअन्तर्गतका आयोजनाका निम्ति रकम प्रदान गर्ने निर्णय भएको एमसीसी सञ्चालक समितिले जनाएको छ ।

यो थप सहायता रकमबाट नेपालको विद्युत् प्रसारणलाई सुदृढ गर्न, दीर्घकालीन आर्थिक वृद्धिका साथै कम्प्याक्ट को सफलता सुनिश्चित गर्न योगदान पुग्ने एमसीसी कम्प्याक्ट अपरेशनका उपाध्यक्ष क्यामरन अल्फोर्डले विश्वास व्यक्त गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

एमसीसी परियोजनाअन्तर्गत ४ सय केभीको डबल सर्किट ३ सय १५ किलोमिटर विद्युत् प्रसारण लाइन बन्नेछ । काठमाण्डौको लप्सीफेदी र नुवाकोटको रातमाटेमा सबस्टेशन तथा मकवानपुर, धादिङ, तनहुँ, पाल्पा, चितवन, नवलपरासी हुँदै भारतको महेशपुरसम्म प्रसारण लाइन बनाइने छ । प्रसारण लाइन निर्माणपछि नेपाल–भारतबीच ३ हजार मेगावाट बिजुली आदानप्रदान सम्भव हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
763SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?