National life

सुन तस्करीमा संलग्न भएको पुष्टि भए पार्टीकै नेतालाई पनि छाडिँदैन : प्रचण्ड

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२९ साउन २०८०, सोमबार
649Shares
सुन तस्करीमा संलग्न भएको पुष्टि भए पार्टीकै नेतालाई पनि छाडिँदैन : प्रचण्ड
ncell

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करीमा संलग्न भएको पुष्टि भए पार्टीकै नेतालाई पनि नछोड्ने बताएका छन् । सोमबार पार्टीको बागमती प्रदेश समितिको पाँचौ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।

प्रचण्डले भने, ‘महराजीको र उहाँका परिवारका सदस्यहरुको बारेमा मिडियामा आइरहेकै छ, उहाँको नाम छ भने जोगाउन पर्दैन। कारबाही गर भनेर भनेका छौँ ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले सुन तस्करीमा संलग्न भएको पुष्टि भए कसैलाई पनि नछोड्ने बताउँदै अाफु संलग्न भएको पुष्टि भए पनि हत्कडी लगाएर थुन्न भने । ‘खोज्दै जाँदा मेरो नाम आएछ भने मलाई पनि हत्कडी लगाएर थुने हुन्छ भनेको छु, आफ्नो पार्टीको, आफ्नो परीवारको भनेर कसैलाई पनि छाडिँदैन’, प्रचण्डले भने ।

प्रचण्डले अहिले सरकारले चलाइरहेको भ्रष्टाचार विरोधी अभियानले सरकारलाई कुनै समस्या नपर्ने दाबी गरे।

‘भ्रष्टाचार सम्बन्धी कामले सरकार अप्ठ्यारोमा पर्दैछ भन्ने कुरा बिल्कुल सहि होइन । सरकार बिल्कुल ठिक ठाउँमा छ, सुरक्षित छ,’ उनले थपे ।

यो समाचार शेयर गर्नुहोस्
649SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?