National life

अग्रिम रूपमा सञ्चालकले घोषणा गरेर सेयर बिक्री गर्ने व्यवस्था गर्न बीमा व्यवसायी संघको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ जेठ २०८१, सोमबार
571Shares
अग्रिम रूपमा सञ्चालकले घोषणा गरेर सेयर बिक्री गर्ने व्यवस्था गर्न बीमा व्यवसायी संघको आग्रह
ncell

काठमाडौँ ।  नेपालमा सञ्चालनमा रहेको नेपाल निर्जीवन बीमा व्यवसायी संघले नेपाल धितो पत्र बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारीसँग भेट गरी संघको तर्फबाट सुझावहरू प्रस्तुत गरेको छ ।

हिजो आइतबारका दिन भएको उक्त छलफल कार्यक्रममा संघले बोर्डलाई विभिन्न सुझाव पेश गरेको  जनाएको छ । संघका पदाधिकारीहरूबाट हाल सञ्चालकहरूको सेयर पदमा रहँदा र पदबाट हटेको एक वर्षसम्म पनि बिक्री गर्न नपाइने व्यवस्थाले गर्दा कैंयौं वर्षदेखि लगानीकर्ता सञ्चालकहरूले आफूलाई व्यक्तिगत रूपमा अप्ठ्यारो परेको बखतमा सेयर बिक्री नपाउँदा समस्या परेको बोर्ड समक्ष बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै सबै लगानीकर्ताहरू जस्तै सञ्चालकहरू समेत कम्पनीको लगानीकर्ता नै रहेको र लगानीकर्ताहरूको तर्फबाट निर्वाचित भई सञ्चालक समितिमा प्रतिनिधित्व गरेको भरमा आफूसँग रहेको सेयर सधैँ रोक्का नै गरिराख्नु न्यायोचित नहुने हुँदा सो प्रावधानलाई पुनरावलोकन गर्न अनुरोध संघका पदाधिकारीहरूले बोर्ड समक्ष आग्रह गरेका छन् ।

भारत लगायत अन्य मुलुकमा पनि अग्रिम रूपमा सञ्चालकले घोषणा गरेर सेयर बिक्री गर्ने व्यवस्था रहेको र नेपालमा पनि त्यस्तै व्यवस्था गरी वा नियमनकारी निकायको स्वीकृति लिई निश्चित सीमासम्म आफ्नो सेयर बिक्री गर्न सकिने व्यवस्था गर्न बोर्डको ध्यानाकर्षण गराइएको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
571SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?