National life

अध्ययन अनुसन्धान एवं नीति निर्माणमा सहकार्य गर्न राष्ट्र बैंक र महासंघबीच समझदारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१७ कात्तिक २०८०, शुक्रबार
843Shares
अध्ययन अनुसन्धान एवं नीति निर्माणमा सहकार्य गर्न राष्ट्र बैंक र महासंघबीच समझदारी
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच बृहत् अध्ययन अनुसन्धान एवं आर्थिक नीति निर्माण र औद्योगिक,   व्यवसायिक वातावरण सुदृढ बनाउन समझदारी भएको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत पदाधिकारीको उपस्थितिमा राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रकाशकुमार श्रेष्ठ र महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले हस्ताक्षर गरेका छन्।

सहमतिअनुसार राष्ट्र बैंक र महासंघले विविध विषयमा तथ्य र तथ्यांकमा आधारित अध्ययन अनुसन्धान गर्ने भएका छन्। यस सम्झौताले राष्ट्र बैंक र महासंघबीच हातेमालो गर्ने अवसर सिर्जना गरेको र आगामी दिनमा नीति निर्माणमा निजी क्षेत्रको सहभागिता बढ्ने गभर्नर अधिकारीले विश्वास व्यक्त गरे।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँग केन्द्रीय बैंकको सहकार्यका लागि धन्यवाद दिँँदै आगामी दिनमा वास्तविकतामा आधारित नीति निर्माण गर्न सहयोग पुग्नेमा विश्वास व्यक्त गरे।

समझदारीअनुसार राष्ट्र बैंकले समय समयमा गर्ने अध्ययनमा महासंघ र सदस्य संस्थाहरूले आवश्यक सूचना एवं जानकारी उपलब्ध गराउने छन्। महासंघले गर्ने अध्ययनमा राष्ट्र बैंकको प्राविधिक सहयोग प्रदान गर्ने र आवश्यकताअनुसार संयुक्त अध्ययन अनुसन्धान पनि हुनेछ। समझदारी कार्यान्वयनका लागि सहजीकरण सेल निर्माण हुनेछ भने समझदारी पाँच वर्षसम्म लागू हुने जनाइएको छ।

 

यो समाचार शेयर गर्नुहोस्
843SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?