काठमाडौँ। अमेरिकाको तेस्रो ठुलो बैंकको रूपमा मानिने वेल्स फार्गो नामक बैंकले एक दर्जन बढी कर्मचारीलाई पदमुक्त गरेको छ ।
उक्त बैंकले सम्पत्ति तथा लगानी व्यवस्थापन विभागमा काम गर्ने एक दर्जन बढी कर्मचारीलाई काम ठगेको आरोपमा बैंकबाट निस्कासन गरेको हो । ब्लूमबर्गको रिपोर्टका अनुसार ती कर्मचारीहरूलाई सक्रिय रूपमा काम गरेको देखाउन किबोर्ड क्रियाकलापमा छेडखानी गरेको आरोपमा बैंकबाट निष्कासशित गरिएको हो ।
कर्मचारीहरू माथि लागेको आरोपको अनुसन्धानको क्रममा उनीहरूले कामलाई नक्कल गर्न ‘माउस मुभर्स’ वा ‘माउस जिगलर्स’नामक सफ्टवेयर प्रयोग गरेको पाइएको थियो ।
एजेन्सीका अनुसार ‘वेल्स फार्गोले कर्मचारीहरूको उच्च स्तरको मापदण्ड सेट गरेको छ र बैंकलाई कुनै पनि प्रकारको अनैतिक व्यवहार सह्य छैन ,’बैंकका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बैंकले सन् २०२२ देखि कर्मचारीहरूलाई ‘हाईब्रिड फ्लेक्जिबल मोडल’ नामक लचिलो नीति ल्याएको थियो । बैंकले केहि कर्मचारीका लागि साताको ३ दिन अनिवार्य रूपमा कार्यालयमा आएर काम गर्नुपर्ने व्यवस्था गरेको छ । यस्तै बैंकले व्यवस्थापन समितिका सदस्यलाई ४ दिन र शाखा कार्यालयका कर्मचारीलाई ५ दिन कार्यालय आएर काम गर्नुपर्ने व्यवस्था गरेको छ । –एजेन्सीको सहयोगमा



































