National life

अर्थतन्त्र सुधारका लागि महासंघले प्रधानमन्त्रीलाई बुझायो ४० पेज लामो सुझाव

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ कात्तिक २०८१, सोमबार
925Shares
अर्थतन्त्र सुधारका लागि महासंघले प्रधानमन्त्रीलाई बुझायो ४० पेज लामो सुझाव
ncell

काठमाडौं । पछिल्लो समय देशको अर्थतन्त्र खस्किदै गएको भन्दै त्यसलाई सुधार गर्न एमाले सम्बद्ध उद्योगी व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेर सुझाव पेश गरेको छ ।

एमालेको जनवर्गीय संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघले आज प्रधामन्त्री ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटी अहिलेको अर्थतन्त्र सुधार सम्बन्धमा ‘निजी क्षेत्रका साझा सवाल’ नामक ४० पृष्ठ लामो सुझाव पेश गरेको छ ।

महासंघले ‘सुदृढ अर्थतन्त्र निर्माणको आधार : सबल निजीक्षेत्र र बलियो पूर्वाधार’ भन्ने नाराका साथ प्रधानमन्त्री ओलीलाई उक्त सुझाव पेश गरेको हो । उक्त कार्यक्रममा महासंघका संयोजक भागिरथ सापकोटाले अहिले देशको अर्थतन्त्रका साथै उद्योगी व्यवसायीहरु जटिल परिस्थितीबाट गुज्रिरहेको भन्दै यसलाई सुधार गर्न सरकारले तत्काल नीतिगत सुधार गर्नुपर्ने बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै आफुहरुले सबै क्षेत्रका उद्योगी व्यवसायीसँग छलफल गरी सबैको प्रतिनिधित्व हुनेगरी निजी क्षेत्रका सवाल तयार पारेको भन्दै त्यसलाई कार्यान्यन गर्न आफु मातहतका निकायलाई तत्काल निर्देशन दिन समेत महासंघले माग गरेको छ ।

महासंघले केही समय अघि निजी क्षेत्रका समस्या र समाधानका विषयमा छलफल कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रमबाट आएका निचोड र अहिले उद्योगी व्यवसायीले भोगिरहेका समस्यामा विषय तयार गरी प्रधानमन्त्रीलाई बुझाएको हो । जसमा उद्योग व्यवसायमा देखिएका समस्या र समाधानका उपाय, कर प्रणाली एवं राजस्व प्रशासन सुधारका विषय र सरकारले तत्काल र दिर्घकालिन रुपमा लिनुपर्ने कदमका विषयहरु उल्लेख गरिएको छ ।

विशेषगरी साना तथा मझौला रूग्ण उद्योगहरूको संरक्षण, लगानीको वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता रहेको र ठूला उद्योगमा थप लगानीको वातावरण बनाई पूँजी पलायनलाई रोक्नुपर्ने तथा राष्ट्रिय पूँजी निर्माण गर्नुगर्ने लगायतका चुनौतीहरु रहेको उक्त सुझावमा उल्लेख छ । यस्तै मुलुकमा औद्योगिक विकास भए मात्र रोजगारीको आधार सिर्जना हुने भन्दै यसलाई महासङ्घले मात्र होइन सरकार र आम जनताले समेत मनन गर्नुपर्ने सापकोटाले बताए ।

सोही अनुरुप अबका दिनमा सरकारले पनि उद्योगी व्यवसायीका समस्या समाधान गर्दै आर्थिक विकासका लागि नीतिगत सुरधार गर्नुपर्ने महासंघको सुझाव छ ।

उक्त भेटमा प्रधानमन्त्री ओलीले अहिलेको अर्थतन्त्रप्रति चासो व्यक्त गर्दै सुधारका लागि सरकार दृढ भएर अघि बढेको बताए । साथै उक्त सुझाव बुझ्दै उद्योगी व्यवसायीका समस्या समाधानमा सरकारले तत्काल अग्रसरता दिने समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।

उक्त कार्यक्रममा प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमालेको जनवर्गीय संगठनका इन्चार्ज भानुभक्त ढकाल, महासंघका इन्चार्ज रचना खड्का, महासंघका महासचिव बालकृष्ण शिवाकोटी, कोषाध्यक्ष डीमप्रकाश पौडेल, महासंघका सचिवालय सदस्यहरु र बस्तुगत संघका सदस्यहरुको उपस्थिती रहेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
925SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?