National life

असोज मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट ५० खर्ब रुपैयाँ कर्जा प्रवाह

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१३ कात्तिक २०८०, सोमबार
445Shares
असोज मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट ५० खर्ब रुपैयाँ कर्जा प्रवाह
ncell

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट ५० खर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । बैंक तथा वित्तीय संस्थाबाट पहिलोपटक ५० खर्ब रुपैयाँ कर्जा प्रवाह भएको हाे ।

नेपाल राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा ५० खर्ब नाघेको छ ।

भदौ मसान्तसम्म बैंक वित्तीय संस्थाबाट ४९ खर्ब १३ अर्ब कर्जा प्रवाह भएकोमा असोजमा ८७ अर्ब रुपैयाँ थप कर्जा प्रवाह भएको छ ।

Royal Enfield
nic asia capital

वित्तीय क्षेत्रको कुल प्रवाहमध्ये ४४ खर्ब २६ अर्ब वाणिज्य बैंकबाट प्रवाह भएको छ भने अन्य वित्तीय संस्थाबाट ५ खर्ब ७४ अर्ब रुपैयाँ प्रवाह भएको छ ।

असोज मसान्तसम्ममा बैंक वित्तीय संस्थामा कुल निक्षेप ५९ खर्ब १५ अर्ब नाघेको छ ।

कुल निक्षेपमध्ये वाणिज्य बैंकमा ५२ खर्ब २३ अर्ब छ । त्यस्तै, अन्य वित्तीय संस्थामा ६ खर्ब ९२ अर्ब रुपैयाँ छ ।असोज मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८१.७४ प्रतिशतमा झरेको छ । अन्तरबैंक ब्याजदर १.९९ प्रतिशत छ ।

यो समाचार शेयर गर्नुहोस्
445SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?