National life

असोज महिनासम्ममा जीवन बीमा कम्पनीहरुले गरे साढे ४० अर्बमाथि कुल बीमाशुल्क आर्जन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१७ कात्तिक २०८०, शुक्रबार
628Shares
असोज महिनासम्ममा जीवन बीमा कम्पनीहरुले गरे साढे ४० अर्बमाथि कुल बीमाशुल्क आर्जन
ncell

काठमाडौं । असोज महिनासम्ममा जीवन बीमा कम्पनीहरुले साढे ४० अर्बमाथि कुल बीमा शुलक आर्जन गरेका छन् । हाल संचालनमा रहेका बीमा कम्पनीहरुले ४० अर्ब ८० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

त्यस्तै, जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८० /८१ को असोज महिनामा मात्रै २ अर्ब माथिको नयाँ व्यवसाय गरेका हुन् । यी कम्पनीहरुले असोज महिनामा मात्रै ९ लाख १६ हजार ९३ वटा बीमा पोलिसी विक्री गरी २ अर्ब ३८ करोड ३४ लाख रुपैयाँ प्रथम बीमा शुलक आर्जन गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले १ करोड ३८ लाख ६४ हजार ८५० वटा बिक्री गरेर उक्त बीमाशुल्क आर्जन गरेका हुन् । असोजमसान्तसम्ममा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ। कम्पनीले यस अवधिसम्ममा १० अर्ब ९५ करोड कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

त्यस्तै, एलआइसी नेपालले ४ अर्ब ५० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । हिमालयन लाइफले ४ अर्ब ३८ करोड कुल बीमा शुलक आर्जन गर्न सफल भएको छ भने नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले यसअवधिसम्ममा ४ अर्ब १९ करोड कुल बीमा शुलक आर्जन गर्न सफल भएको छ।

त्यस्तै, राष्ट्रिय बीमा संस्थानले ४ अर्ब ५ करोड रुपैयाँ, सूर्यज्योति लाइफले २ अर्ब ३० करोड रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सले १ अर्ब ८६ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब ५१ करोड रुपैयाँ सिटिजन लाइफले १ अर्ब ५० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

बीमा प्राधिकरणको तथ्यांकअनुसार मेट लाइफ इन्स्योरेन्सले १ अर्ब ३६ करोड रुपैयाँ प्रभु महालक्ष्मी लाइफले १ अर्ब १५ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब १० करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब १ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएकाे छ भने सन नेपाल लाइफले ८८ करोड ६४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
628SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?