National life

आइएमई लाइफले माग्यो ७ वटै प्रदेशका लागि कर्मचारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ माघ २०८०, बिहिबार
786Shares
आइएमई लाइफले माग्यो ७ वटै प्रदेशका लागि कर्मचारी
ncell

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको छ ।

कम्पनीले ७ वटै प्रदेश शाखा कार्यालहरुका लागि ब्रान्च म्यानेजर र ब्रान्च सपोर्ट असोसियट पदका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले कोशी प्रदेश अन्तर्गत बसन्तपुर,बुधबारे,गौरादह र सोलुखुम्बु शाखा कार्यालय,मधेश प्रदेश अन्तर्गत बर्दिबास,चन्द्रपुर र जलेश्वर, बाग्मति प्रदेश अन्तर्गत चौतारा,धार्के,गैँडाकोट,कपन,पनौति,फार्पिङ र सुन्दरीसजल ,गण्डकी प्रदेश अन्तर्गत चामे र गलकोट ,लुम्बिनी प्रदेश अन्तर्गत लमही सन्धीखर्क र रामपुर९पाल्पा०,कर्णाली प्रदेश अन्तर्गत डोल्पा,हुम्ला,कालिकोट र मेहकुना र सुदुरपश्चिम प्रदेश अन्तर्गत कोल्टी भुरीगाँउ र राजापुर शाखा कार्यालयहरुका लागि ब्रान्च म्यानेजर पदका लागि कर्मचारी मागेको हो ।

यो पदका लागि स्नातक गरेको हुनुपर्नेछ र इच्छुक आवेदकले जीवन बीमाको बिक्री,बैंकिङ,लघुवित्त र सहकारीमा काम गरेको अनुभव हुनुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो पदका लागि आवेदकको उमेरको २३ देखि ३५ वर्षको हुनुपर्नेछ ।

त्यस्तै ब्रान्च सपोट९अप्रेशनल० असोसियट पदका लागि बीमा क्षेत्रमा कम्तिमा ६ महिना काम गरेको अनुभव हुनुपर्नेछ । यो पदका लागि आवेदकको उमेर २८ वर्ष नकटेको हुनुपर्नेछ । इच्छुक आवेदकले आगामी माघ १७ गतेसम्म आवेदन दिनुपर्नेछ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
786SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?