National life

आइतबार जतिले बढ्यो सोमबार त्यतिले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ वैशाख २०८१, सोमबार
1.4kShares
आइतबार जतिले बढ्यो सोमबार त्यतिले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको भाउमा आज गिरावट आएको छ । आज सुनको मूल्यमा प्रतितोला ४०० रुपैयाँले गिरावट आएको हो ।

कारोबार साताको पहिलो दिन आइतबार प्रतितोला ४०० रुपैयाँ बढेको सुनको मूल्य सोमबार भने सोही भाउले गिरावट आएको हो । सोमबार छापावाला सुनको मूल्य १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आइतबार छापावाला सुनको मूल्य १ लाख ३७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजाबी सुनको मूल्य १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुनको मूल्य १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदी प्रतितोला १ हजार ६६५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार ३३२ दशमलव ७१ डलरमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?