काठमाडौं। आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाली बजारमा हिजो आईतबार कायम भएको मूल्य नै आज कायम भएको छ ।
नेपाल सुनचाँदी महासंघले आजको लागी बजार मुल्य तोक्दै सुनको मूल्य स्थिर रहेको जनाएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै, आज तेजाबी सुन तोलामा १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य तोलामा १४ सय १० रुपैयाँ कायम छ।


































