National life

आइपीओ निष्काशनका लागि क्रेस्ट माइक्रो लाइफले पायो डबल बी रेटिङ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ भदौ २०८१, मङ्गलबार
705Shares
आइपीओ निष्काशनका लागि क्रेस्ट माइक्रो लाइफले पायो डबल बी रेटिङ
ncell

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड (CREST) सर्वसाधारणमा शेयर निष्काशनको प्रकृयामा रहेको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ संस्था इक्रा नेपाल लिमिटेडबाट यहिँ भदौ ७ मा क्रेडिट रेटिङ गराई आइसिआरए डबल बी"[ICRANP-IR] BB" रेटिङ पाएको छ ।

इक्रा नेपालका अनुसार यस्तो रेटिङ पाउने कम्पनीको वित्तीय दायित्य समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको मानिन्छ ।

यसका साथै, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आरविवि मर्चेण्ट बैकिङ्ग लिमिटेड र आरविवि म्युचुअल फण्ड १ संग आईतबार सम्झौता गरी सर्वसाधारणमा जारी गरिने धितोपत्रको प्राथमिक सार्वजनिक निष्काशनका लागि शेयर प्रत्याभुतीकर्ताको रुपमा नियुक्त समेत गरिसकेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीका अनुसार स्थापनाको छोटो अवधिमा नै लघु बीमाको ठुलो हिस्सा ओगटी नाफा कमाउन सफल भए पनि रेटिङलाई प्रारम्भिक वर्षहरुमा हुने सञ्चालन, व्यवस्थापन तथा जोखिमाङ्कन खर्चले असर पार्ने हुँदा कम्पनीले यस्तो रेटिङ पाएको हो । यसका साथै, निकट भविष्यमा हुने कारोबारको विविधिकरण सहितको व्यापार विस्तार, गुणस्तरिय लगानी तथा नियन्त्रित दावी भुक्तानी प्रकृयाले रेटिङलाई सकारात्मक प्रभाव पार्ने कम्पनीको विश्वास छ ।

यस कम्पनीको जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई प्रति शेयर १०० रूपैयाँ अंकित दरमा सार्वजनिक निष्काशनको क्रममा रहेको छ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी ऐन, २०६३ बमोजिम २०७९ पुष १३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भएको कम्पनी हो । न्यून आय भएका मध्यम वर्ग एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु जीवन बीमा सेवा पुर्याउने लक्ष्यका साथ बीमा ऐन, २०७९ तथा बीमा नियमावली, २०४९ अनुसार २०७९ चैत २८ मा लघु जीवन बीमाको इजाजत पत्र प्राप्त गरि कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

कम्पनीले हाल २३ वटा शाखा तथा उपशाखा कार्यालय मार्फत् प्रदान गरिरहेको सेवाको गुणस्तर समय सापेक्ष रुपमा सुधार गरी पिछडीएको क्षेत्र, विपन्न वर्ग, सिमान्तकृत समुदाय तथा बीमाको दायरामा नआएका व्यक्तिहरु सम्म सेवा विस्तार गर्ने, सेवामा विविधिकरण गर्दै जाने तथा भविष्यमा ग्राहकहरुबाट माग भए बमोजिमका नयाँ सेवा सुविधाहरु आफ्ना ग्राहक वर्गमा ल्याउन प्रयत्नरत रहि थप सेवा विस्तार गर्दै जाने रणनीति योजना सहित अघि बढिरहेको जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
705SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?