National life

आईएफसी र एनसीएचएलबीच डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने सम्झौता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१६ कात्तिक २०८०, बिहिबार
539Shares
आईएफसी र एनसीएचएलबीच डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने सम्झौता
ncell

काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच डिजिटल भुक्तानी इकोसिस्टमलाई सुदृढ बनाउँदै नेपालमा डिजिटल भुक्तानीको क्षेत्रलाई प्रवद्र्धन गर्न सम्झौता भएको छ । उक्त सम्झौतामा आईएफसी नेपालका आवासिय प्रतिनिधि बाबाकार सेदिख फाये र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौतासँगै आईएफसीले एनसीएचएललाई नेशनल पेमेन्ट स्विच (एनपीएस) को प्रारम्भिक रोलआउट लगायत कार्यान्वयनका लागि विभिन्न गतिविधिहरूमा प्राविधिक सहायता उपलब्ध गराउनेछ । उक्त सहायता अनुरुप आईएफसीले मुख्य सञ्चालन नियमहरू, प्राविधिक तथा सुरक्षा मापदण्डहरूको समीक्षाका लागि एडभान्जरीको भूमिका निर्वाह जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सम्झौता अनुसार एनसीएचएलको नयाँ डिजिटल पहलहरू डिजाइन रसञ्चालन गर्न, क्रस बोर्डर पेमेन्ट, इन्डस्ट्री स्यान्डबक्स स्थापना गर्न र विभिन्न वित्तीय क्षेत्रको क्षमता अभिवृद्धि गर्न सहयोग गर्नेछ । आईएफसी विश्व बैंक समूहको सबैभन्दा ठूलो विकास संस्था हो । जसले सदस्य राष्ट्रहरूमा उत्पादनमूलक लगानीमा स्वदेशी र विदेशी निजी पुँजीको अनुकूल प्रवाहलाई प्रोत्साहन र मद्दत गर्न केन्द्रित सदस्य गर्दै आएको छ ।

एनसीएचएल नेपाल राष्ट्र बैंक र अधिकांश सबै बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्रिय भुक्तानी प्रणाली तथा पूर्वाधारहरू सञ्चालन गर्ने उद्देश्यका साथ प्रवद्र्धन गरेको भुक्तानी प्रणाली सञ्चालक कम्पनी हो ।

हाल ५५ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरुको प्रत्यक्ष सदस्यता र ७० भन्दा बढी गैर–बैंक संस्थाहरूको अप्रत्यक्ष/प्राविधिक रूपमा सहभागीताका साथ NCHL-ECC, NCHL– IPS, connectRTGS, नेशनल पेमेन्ट इन्टरफेश (एनपीआई), CORPORATEPAY, RPS / NEPALPAY QR सञ्चालन गर्दै आइरहेको छ ।

यसका पूर्वाधारहरू बैंक तथा वित्तीय संस्थाहरू, भुक्तानी सेवा प्रदायकहरु, भुक्तानी सेवा सञ्चालकहरु, सरकारी तथा अर्ध–सरकारी निकायहरू, ठूला कोष प्रबन्धकहरू, बीमा कम्पनीहरू, रेमिटेन्सहरू, मर्चेन्ट बैंकहरू, पूँजी बजार लगायतले प्रयोग गर्दै आइरहेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
539SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?