National life

आईपीओ निष्कासन गर्दै सोपान मल्टिपल,बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० वैशाख २०८१, बिहिबार
690Shares
आईपीओ निष्कासन गर्दै सोपान मल्टिपल,बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल
ncell

काठमाण्डौ। सोपान मल्टिपल कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने कार्यका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा रुपमा एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

वैशाख १८ गते सम्पन्न भएको बिक्री प्रबन्धक नियुक्ती सम्झौतामा सोपान मल्टिपल कम्पनीका तर्फबाट कम्पनीका अध्यक्ष डा.ई.ताराप्रसाद पोखरेल र एनएमबी क्यापिटलका तर्फबाट सीईओ दिपेश कुमार वैद्यले हस्ताक्षर गरेका छन् ।आगामी वैशाख २२ गते आयोजना हुन लागेको कम्पनीको १५ औं वार्षिक साधारण सभाबाट प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पेश हुन लागेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०७ रुपैयाँमा आईपीओ निष्कासन गर्ने योजना बनाएको कम्पनीका अध्यक्ष ताराप्रसाद पोखरेलले बताए । हाल कम्पनीको प्रतिसेयर नेटवर्थ १०३.८५ रुपैयाँ रहेको र फेयर मार्केट भ्यालु ४५० रुपैयाँभन्दा माथि रहेको अध्यक्ष पोखरेलले बताए ।

कम्पनीले आफ्नो पूँजी १ अर्ब ४५ करोड ७५ लाख रुपैयाँ पु्र्याउने योजना बनाएको छ । जस अन्तर्गत संस्थापकतर्फ ८० प्रतिशत अर्थात १ करोड १६ लाख ६० हजार कित्ता हिस्सा रहने छ भने २० प्रतिशत अर्थात २९ लाख १५ हजार कित्ता बराबरको आईपीओ जारी हुने सहमति पत्रमा उल्लेख गरिएको छ ।

महतो समूहको प्रमुख लगानी रहेको सोपान मल्टिपल लिमिटेड एउटा होल्डिङ९इन्भेष्टमेन्ट०कम्पनी हो । डा.उपेन्द्र ,विरेन्द्र प्रसाद महतो,रामेश्वर रिजाल,ताराप्रसाद पोखरेल,जीवनाथ लामिछाने,राजेन्द्र मल्ल,अशोक कुमार खड्का,वसन्त चन्द्र मरहट्टा लगायतको नेतृत्व र सक्रियतामा यो कम्पनीले शिक्षा,स्वास्थ्य, जलविद्युत,रियल स्टेट र पूर्वाधार विकास लगायतका क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ ।

यस कम्पनीको मातहतमा कान्तिपुर इन्जिनियरिङ कलेज,एक्मी इन्जिनियरिङ कलज,सोपान फर्मास्युटिकल्स ,मोल्निया पावर लिमिटेड,मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड,माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड,सोपान प्रोपर्टिज कम्पनी लिमिटेड रहेका छन् ।

सोपान मल्टिपलको लगानी रहेको मैलुङ खोला जलविद्युत कम्पनी र माथिल्लो मैलुङ खोलाले आईपीओ निष्कासन गरिसकेको छ भने सोपान फर्मास्युटिकल्सले पनि आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिने तयारी गरेको छ । स्थापनाकै बेला पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित कम्पनीलाई सुशासनका पक्षमा अझ सबल बनाउने र सहभागीतामूलक लगानीलाई अझ विस्तार गर्दै लैजाने योजना अनुरुप आईपीओ जारी गर्न लागिएको अध्यक्ष पोखरेलले बताए ।

यो समाचार शेयर गर्नुहोस्
690SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?