National life

 आई.एम.ई.लाइफ इन्स्योरेन्सको उप-प्रमुख कार्यकारी अधिकृतमा अमात्य र पौडेल नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ भदौ २०८१, बुधबार
636Shares
 आई.एम.ई.लाइफ इन्स्योरेन्सको उप-प्रमुख कार्यकारी अधिकृतमा अमात्य र पौडेल नियुक्त
ncell

काठमाडौँ । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीको उप प्रमुख कार्यकारी अधिकृतद्वयमा दिनेश अमात्य र खिलेन्द्र पौडेल नियुक्त भएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
दिनेश अमात्यले मिति २०८१ श्रावण १ गते देखी र खिलेन्द्र पौडेलेले मिति २०८१ भाद्र ५ गते देखी उप प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका हुन् ।

यता, खिलेन्द्र पौडेल आई.एम.ई. लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदबाट बिदा भई आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीमा प्रवेश गरेका हुन् । कम्पनीको उप प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनु अघि दिनेश अमात्य कम्पनीको नायव महाप्रबन्धक पदमा कार्यरत थिए ।

जीवन बीमा व्यवसायबाट नै बीमा क्षेत्रमा प्रवेश गरेका अमात्यले तत्कालीन सूर्य लाइफ इन्स्योरेन्समा स्थापना वर्ष २०६५ साल देख २०७४ सम्म कामको अनुभव गरिसकेका उनले सहायक महाप्रबन्धक पदबाट सूर्य लाइफबाट बिदा भई आइ.एम.ई. लाइफ इन्स्योरेन्समा सहायक महाप्रबन्धक पदमा प्रवेश गरेका थिए ।

अमात्य आई.एम.ई. लाइफ इन्स्योरेन्सको स्थापना वर्ष २०७४ देखि नै कम्पनीको प्रमुख सञ्चालन अधिकृतका रूपमा कार्यरत थिए । उप प्रमुख कार्यकारी अधिकृत अमात्यसँग कार्यालय प्रशासनको साथै बीमालेख विकास, जोखिमाड्ढन, पुनर्बीमा, बीमाड्ढी मूल्याड्ढन, दाबी व्यवस्थापन, बीमालेख सेवामा तिन दशक भन्दा लामो कार्य अनुभव रहेको छ । उनले त्रिभूवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर हासिल गरेका छन् ।

https://aarthikvoice.com/archives/41336

त्यस्तै, आई.एम.ई. लिमिटेडको स्थापना देखिनै विभिन्न जिम्मेवारीमा रहेका खिलेन्द्र पौडेल, रेमिटेन्स, भुक्तानी प्रणाली, फिनटेक तथा डिजिटल वालेट र अन्तरदेशिय कारोबारमा दख्खल राख्छन् । आई.एम.ई. ग्रुपले प्रवर्द्धन गरेका वित्तीय संस्थाको उच्च व्यवस्थापन तथा स्मार्ट च्वाइस, सनि सेक्युरिटिज, आइएमई डिजिटल सलुसन्स लगायतका कम्पनीहरूमा पौडेल सञ्चालकको भूमिका निर्वाह गरिसकेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट एम.बि.ए. (फाइनान्स) गरेका पौडेलले भारतको अहमदावाद स्थित इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट र मलेसियाको इन्स्टिच्युट अफ ब्याड्ढर्स मलेसियाबाट कार्यकारी वित्तीय व्यवस्थापन तथा अन्तरदेशिय लगानी व्यवस्थापनका विषयमा एक्जिक्युटिभ कोर्स (Executive Course) गरेका छन् । साथै, पौडेलले अमेरिका स्थित हार्भड केनेडी स्कुलबाट पोलिसि डिजाइन र वित्तीय सेवा सम्बन्धी व्यावसायिक कोर्स समेत गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
636SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?