National life

आज दिनभरमा चारवटा संसदीय समितिको बैठक बस्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ जेठ २०८१, सोमबार
1.3kShares
आज दिनभरमा चारवटा संसदीय समितिको बैठक बस्दै
ncell

काठमाडौँ। आज संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाका चार वटा संसदीय समितिको बैठक बस्दै छ।

प्रतिनिधिसभा अन्तर्गतका उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने गरी निर्धारण भएको छ ।

सार्वजनिक लेखा समितिको बैठक भने बिहान साढे १० बजे बस्ने कार्यसूची छ। तर, बैठकमा के विषयमा छलफल हुने हो भन्ने विषयमा भने संसद् सचिवालयले सार्वजनिक गरेको छैन।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा  विद्युतीय व्यापार विधेयक २०८० को विषयमा विज्ञसँग छलफल गर्ने कार्यसूची राखिएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अवस्था, कार्यक्रमको प्रगति र चुनौतीबारे छलफल हुनेछ ।

महिला तथा सामाजिक मामिला समितिको बैठक पनि आजै दिउँसो १ बजे बस्नेछ। बैठकमा सामाजिक समावेशीकरणको वर्तमान अवस्था र आयोगले खेलेको भूमिकाबारे छलफल गर्ने संसद् सचिवालयले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?