National life

पाँच संसदीय समितिको बैठक बस्दै, यी हुन् कार्यसूची

आज प्रतिनिधि सभाका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ।

max lubricant tata
Aarthik voice
Aarthik voice
अहिले मात्र|१६ असोज २०८३, शुक्रबार
326Shares
पाँच संसदीय समितिको बैठक बस्दै, यी हुन् कार्यसूची
ncell

काठमाडौं- आज संघीय संसदका पाँच समितिका बैठक बस्दैछ।

आज प्रतिनिधि सभाका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ। त्यस्तै आज राष्ट्रिय सभाका संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, विधायन व्यवस्थापन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ।

आज बिहान ९ बजेदेखि शुरु हुने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल वायुसेवा निगमको अवस्था र चुनौती सम्बन्धमा छलफलको कार्यसूची रहेको छ। त्यस्तै बिहान ९ बजेदेखि नै शुरु हुने सार्वजनिक लेखा समितिको बैठकमा बेरुजु छलफल उपसमितिको कार्यप्रगति र स्थलगत निरीक्षण सम्बन्धमा छलफलको कार्यसुची रहेको समितिले जानकारी दिएको छ।

Royal Enfield
nic asia capital

त्यसैगरी बिहान ११ बजेदेखि शुरु हुने राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र कर्णाली प्रदेश सभाको अर्थ तथा प्राकृतिक स्रोत समितिबीच समन्वयको विषयमा छलफलको कार्यसूची रहेको समितिले जनाएको छ।

त्यस्तै, बिहान ११ बजेदेखि शुरु हुने विधायन व्यवस्थापन समितिको बैठकमा आर्थिक बर्ष २०८२/०८३ को विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफलको कार्यसूची रहेको छ। त्यसैगरी, आज बिहान १०: ३० बजेदेखि शुरु हुने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा दैनिक उपभोग्य बस्तुहरुको सहज आपूर्ति व्यवस्थापन र अनुगमन लगायतका विषयमा छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
326SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?