National life

आठ महिनामा कुल वस्तु आयात २.७ प्रतिशतले कमी, निर्यातमा समेत शिथिलता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ चैत २०८०, बिहिबार
755Shares
आठ महिनामा कुल वस्तु आयात २.७ प्रतिशतले कमी, निर्यातमा समेत शिथिलता
ncell

काठमाडौँ। आर्थिक वर्ष २०८०- ८१ को आठ महिनाको अवधिमा कुल वस्तु निर्यात ४.० प्रतिशतले कमी आएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा यस्तो देखिएको हो।

सार्वजनिक प्रतिवेदन अनुसार कुल निर्यात रु १ खर्ब ६२ करोड कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २९.१ प्रतिशतले कमी आएको थियो ।  भारततर्फ भएको निर्यात ७.७ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः २७५.५ प्रतिशत र ०.३ प्रतिशतले वृद्धि भएको छ ।

यता वस्तुगत आधारमा जिंक शिट,पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, पोलिस्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, अलैँची, ऊनी गलैँचा,ब्रान्स लगायतका वस्तुको निर्यात घटेको छ।

आर्थिक वर्ष २०८०-८१ को आठ महिनामा कुल वस्तु आयात २.७ प्रतिशतले कमी आई रु १० खर्ब ३० अर्ब २२ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १९.१ प्रतिशतले कमी आएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः २.८ प्रतिशत र २२.९ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३३.७ प्रतिशतले बढेको छ।

त्यस्तै वस्तुगत आधारमा तयारी पोशाक,सवारी साधान तालिका १ः वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (प्रतिशत) विवरण निर्यात आयात व्यापार घाटा तथा स्पेयर पार्टपुर्जा, हवाई जहाजको स्पेयर पार्टपुर्जा, विद्युतीय उपकरण, लत्ताकपडा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्ण नगर, मेची, रसुवा तथा तातोपानी बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्ण नगर,नेपालगन्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

चालु आर्थिक वर्षको आठ महिनामा कुल वस्तु व्यापार घाटा २.५ प्रतिशतले कमी आई रु ९२९ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १७.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.९ प्रतिशत रहेको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
755SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?