National life

आम्दानी र ईपीएस समेत सुधार गरेको तारागाँउ रिजेन्सीको नाफामा ७१.०७ प्रतिशत वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ माघ २०८०, सोमबार
643Shares
आम्दानी र ईपीएस समेत सुधार गरेको तारागाँउ रिजेन्सीको नाफामा ७१.०७ प्रतिशत वृद्धि
ncell

काठमाडौं । । तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म १८ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा ७१.०७ प्रतिशतले बढी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले १० करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद आम्दानी पनि १४.३९ प्रतिशतले वृद्धि भएको छ। कम्पनी ७१ करोड ४२ लाख रुपैयाँ खुद आम्दानी गर्न सफल भएको छ ।

अघिल्लो आवमा कम्पनीको खुद आम्दानी ६२ करोड ४३ लाख रुपैयाँ थियो । त्यस्तै कम्पनीको सञ्चालन खर्च ३१ करोड १८ लाख र प्रशासनिक खर्च ११ करोड ७२ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ५४ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार बढेर ८६ करोड १० लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको कुल चालु सम्पत्ति २ अर्ब ३७ करोड र कुल चालु दायित्व १ अर्ब १८ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ५.६३बाट बढेर ९.६३ रुपेयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १३३.०८ बाट बढेर १४५.६४ रुपैयाँ पुगेको छ ।

यो समाचार शेयर गर्नुहोस्
643SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?