National life

आयकरको कर दाखिला गर्न आन्तरिक राजस्व विभागकाे आग्रह

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२८ असार २०८०, बिहिबार
1.3kShares
आयकरको कर दाखिला गर्न आन्तरिक राजस्व विभागकाे आग्रह
ncell

काठमाडौं । सरकारले आयकरको तेस्रो किस्ताबापतको कर दाखिला गर्न आग्रह गरेको छ । आय वर्ष २०७९–८० को अनुमानित करको सतप्रतिशत रकममध्ये तिर्न बाँकी कर रकम असार महिनाभित्र दाखिला गर्न आन्तरिक राजस्व विभागले आग्रह गरेको छ ।

आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा ९१० वमोजिम आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताले दफा ९५ बमोजिम कारोबारको अनुमानित करको विवरणअनुसार तिर्नुपर्ने कर तिर्न विभागले आग्रह गरेको छ ।

विभागको सूचनामा भनिएको छ, ‘आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा (१) बमोजिम आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरुले दफा ९५ बमोजिम कारोबारको अनुमानित करको विवरणअनुसार तिर्नुपर्ने आय वर्ष २०७९/०८० को अनुमानित करको शतप्रतिशत रकम मध्ये तिर्न बाँकी कर रकम (तेस्रो किस्ता आयकर) २०८० असार महिनाभित्र दाखिला गर्नुपर्ने कानूनी व्यवस्था भएकोले सो अनुसार म्यादभित्रै दाखिला गर्नुहुन अनुरोध छ ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?