National life

२७ अर्ब नाफा कमाएका बैंकले तिरे १२ अर्ब बढी आयकर: अर्बमा तिर्ने यी ५ बैंक, कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ माघ २०८१, शुक्रबार
991Shares
२७ अर्ब नाफा कमाएका बैंकले तिरे १२ अर्ब बढी आयकर: अर्बमा तिर्ने यी ५ बैंक, कुनको कति ?
ncell

काठमाडौँ । चालू आर्थिक वर्षको पछिल्लो ६ महिनाको अवधिमा वाणिज्य बैंकहरूले २७ अर्ब रुपैयाँ बराबर नाफा आर्जन गर्न सफल भएका छन् । वाणिज्य बैंकहरूले पुस मसान्तसम्म २७ अर्ब ४३ करोड रुपैयाँ नाफा कमाएका थिए।

२७ अर्ब बराबरको नाफा कमाएको वाणिज्य बैंकहरुले सोही समयमा सरकारलाई आयकर शीर्षकमा १२ अर्ब ३६ करोड ६२ लाख रुपैयाँ सरकारलाई तिरेका छन् ।  गत आर्थिक वर्षको तुलनामा चालू आवको पुस मसान्तसम्म वाणिज्य बैंकहरूले ०.२४ प्रतिशत कम आयकर सरकारलाई तिरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत आर्थिक वर्षको पुससम्म बैंकहरूले कुल १२ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ आयकर बुझाएका थिए। गत आवको दोस्रो त्रैमासिकमा तिरेभन्दा चालू आवको सोही अवधिमा बैंकहरूले २ करोड ९४ लाख रुपैयाँ कम आयकर सरकारलाई बुझाएका हुन्।

पुस मसान्तसम्म २० वाणिज्य बैंकहरूले २७ अर्बको नाफाबापत सरकारलाई १२ अर्ब रुपैयाँ आयकर बुझाएका छन्। जसमा ५ एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, नबिल बैंक, प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने अर्ब भन्दा माथिको आयकर तिरेका छन् ।

यीबाहेकका १५ वटा बैंकले भने करोडमा कर तिरेका छन्।  यो अवधिमा सबैभन्दा धेरै कर नबिल बैंकले तिरेको छ भने सबैभन्दा थोरै नेपाल बैंकले तिरेको छ।

नबिल बैंकले पुस मसान्तसम्म आयकरबापत १ अर्ब ३९ करोड २१ लाख रुपैयाँ तिरेको हो। गत वर्षको सोही अवधिमा यो बैंकले १ अर्ब ३१ करोड रुपैयाँ आयकर सरकारलाई बुझाएको थियो। यो वर्ष बैंकले ५.५७ प्रतिशतले बढी कर बुझाएको हो। नबिल बैंक नाफाका आधारमा पहिलो नम्बरमा देखिएको छ ।

यस बाहेक सिटिजन्स बैंक, हिमालयन बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक, सानिमा र स्ट्यान्डर्ड चार्टर्ड गरी ११ वटा बैंकले गत वर्षको तुलनामा चालू आवको पुस मसान्तमा कम कर तिरेका छन्।

यस बाहेकका बाकी ८ वटा बैंकले भने गत वर्षको तुलनामा चालू आवको सोही अवधिमा बढी कर तिरेका छन्। नाफा खुम्चिएको एनआईसी एसिया बैंकले ९० प्रतिशतले कम कर तिर्दा नेपाल बैंकले गत वर्ष तिरेको करभन्दा १२४ प्रतिशतले कम कर तिरेको छ।

गत वर्षको दोस्रो त्रैमासिकको तुलनामा चालू आवको सोही अवधिमा ग्लोबल आईएमई बैंकले ४७.४५ प्रतिशत, एभरेष्ट बैंकले ४०.५७ प्रतिशत, लक्ष्मी सनराइजले २८.८१ प्रतिशत, नबिल बैंकले ५.५७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५६.२८ प्रतिशत आयकर बुझाएका छन् ।

बाकी रहेका नेपाल एसबीआई बैंकले १४.९२ प्रतिशत, एनएमबी बैंकले ४८.०२ प्रतिशत, प्राइम कमर्सियल बैंकले २४.४९ प्रतिशत र प्रभु बैंकले ६३.३८ प्रतिशतले बढी आयकर तिरेको तथ्यांकमा उल्लेख ।

यो समाचार शेयर गर्नुहोस्
991SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?