National life

आरम्भ चौतारी लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी पनि घट्यो, यस्ताे छ वित्तीय विवरण

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२३ कात्तिक २०८०, बिहिबार
699Shares
आरम्भ चौतारी लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी पनि घट्यो, यस्ताे छ वित्तीय विवरण
ncell

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकाे छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा घटेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा २५ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा ११.३० प्रतिशतले कम हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २८ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

त्यस्तै, लघुवित्तको खुद ब्याज आम्दानी ६.०३ प्रतिशत बढेको छ । खुद फि तथा कमिसन आम्दानी १९.८१ प्रतिशत घटेको छ। लघुवित्तको निष्क्रिय कर्जा यस अवधिमा ४.९५ प्रतिशतबाट बढेर ५.४९ प्रतिशत पुगेको छ।

३६ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ११ करोड ४९ लाख रुपैयाँ सञ्चित रहेको छ। लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा ६.०५ प्रतिशत बढेको हो। असोज मसान्तसम्ममा लघुवित्तले ४ अर्ब ३१ करोड ९१ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ४ अर्ब ५७ करोड ७३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

कम्पनीकाे नाफासँगै प्रतिशेयर आम्दानी पनि घटेको छ। यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४७ पैसा घटेर २ रुपैयाँ ७७ पैसामा झरेको छ।

त्यस्तै, असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ६८ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात १९३.१४ गुणा रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
699SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?