National life
cg eloctronics

इप्पानको प्रमुख कार्यकारीमा भीम गौतम नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१३ मंसिर २०८०, बुधबार
535Shares
इप्पानको प्रमुख कार्यकारीमा भीम गौतम नियुक्त
muktinatha bikash bank

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को प्रमुख कार्यकारीमामा भीम प्रसाद गौतम नियुक्त भएका छन् ।

ऊर्जा उत्पादकहरूको छाता संस्था इप्पानले गौतमलाई बुधवार ३ वर्षका लागि प्रमुख कार्यकारीमा नियुक्त गरेको हो ।इप्पान अध्यक्ष गणेश कार्कीले गौतमलाई प्रमुख कार्यकारीको रूपमा इप्पानमा स्वागत गर्दै, गौतमको कार्यकालमा इप्पानले नयाँ उँचाइ हासिल गर्ने विश्वास व्यक्त गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3

इप्पानका नवनियुक्त प्रमुख कार्यकारी गौतमले पनि इप्पानलाई नयाँ उँचाइ दिन आफूले शतप्रतिशत योगदान दिने बताए। काभ्रेपलान्चोकको बनेपाका गौतमसँग दुई दशक लामो पत्रकारिताको अनुभव छ भने पछिल्लो १५ वर्षदेखि ऊर्जा र पूर्वाधार क्षेत्रका विविध मुद्दामा कलम चलाउँदै आएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्व अध्यक्षसमेत रहेका गौतमले राजधानी दैनिक, सौर्य दैनिक, रेडियो नेपाल, इमेज च्यानल, नेपाल वान च्यानल, कारोबार दैनिक हुँदै पछिल्लो समय नेपाल पूर्वाधार डट कममा सम्पादकीय नेतृवमा थिए ।

नयाँ बानेश्वर स्थित सेफर्ड कलेजमा पत्रकारिता अध्यापन गराउने गौतम अनुसन्धान गर्ने संस्था सिआरआई नेपालका कार्यकारी निर्देशकसमेत हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता विषयमै एमफिल गरेका छन् ।

everest bank

देशभरका ४५० भन्दा बढी ऊर्जा उत्पादकहरू आबद्ध रहेको इप्पान ऊर्जा उद्यमीहरूको साझा संस्था हो । इप्पानमा आबद्ध संस्थामध्ये १६३ आयोजनाबाट १ हजार ७०० मेगावाट विद्युत् उत्पादन हुनुका साथै, ३ हजार २०० मेगावाट क्षमताका १३६ आयोजनाहरू निर्माणाधीन र ३ हजार ५०० मेगावाट क्षमताका १२६ आयोजनाहरू निर्माणमा जाने तयारीमा छन् ।

यो समाचार शेयर गर्नुहोस्
535SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?