काठमाडौं– डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले यसपालिको दशै–तिहार र छठ पर्वलाई लक्षित गरी इसेवा महाउत्सव इसेवाको कारोबारमा ‘नामीको दामी कार’ अफर घोषणा गरेको छ।
जस अन्तर्गत असोज १ देखि कार्तिक ३० गतेसम्म इसेवाबाट जुनसुकै कारोबार गर्ने प्रयोगकर्ताहरू मध्ये एकजना प्रयोगकर्ताले बम्पर उपहार अन्र्तगत नयाँ नामी इलेक्ट्रिक कार जित्न सक्ने ईसेवाले जनाएको छ । त्यसको लागि प्रयोगकर्ताले इसेवाका जुनसुकै सेवाको प्रयोग वा इसेवाबाट कारोबार गरेको हुनुपर्नेछ ।
यसका साथै इसेवाले, रु १०० को खेलमा हरेक महिना एक भाग्यशाली प्रयोगकर्ताले आइफोन १६ जित्न सक्ने पनि जनाएको छ । मात्र रू १०० मा यो खेल्न सकिने यो खेलमा सो रकम पनि प्रयोगकर्ताहरूले पछि मोबाइल रिचार्जको रुपमा फिर्ता नै पाउनेछन् ।
दैनिक अफर अन्तर्गत, अफरको समयावधिमा हरेक दिन निर्धारित समयको लागि फ्ल्यास सेलको रुपमा अफर आउने छ।


































