National life

इसेवाले ल्यायाे विदेशका नेपालीले पैसा पठाउँदा काठमाडौंमा घर जित्न पाउने अफर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३१ भदौ २०८०, आइतबार
604Shares
इसेवाले ल्यायाे विदेशका नेपालीले पैसा पठाउँदा काठमाडौंमा घर जित्न पाउने अफर
ncell

काठमाडाैं । विदेशमा रहेका नेपालीले इसेवा मार्फत रकम पठाउँदा काठमाडौंमा घर जित्न पाउने भएका छन्। इसेवा मनी ट्रन्सफरले इसेवासंग सहकार्यगरी असोज १ गतेबाट असार ३१ गतेसम्म इसेवा मार्फत रकम पठाउँदा घर जित्ने अफर सार्वजनिक गरेको हो।

‘मेरो डिजिटल देश’ अभियान अन्तरगत डिजिटल रूपमा पैसा पठाउन प्रोत्साहन गर्न काठमाडौंमा घर जित्ने अवसर रहेको छ। डिजिटल रेमिट्यान्सको रुपमा इसेवा वालेटमा सिधै रकम पठाउनु पर्ने छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इसेवामा पैसा पठाउनेहरु मध्येबाट ब्रान्ड एम्बेस्डरहरूले ४ वटा परिवारलाई भेट्न घरमै जाने छ। प्रत्येक महिना एक जनाले आफूले पठाएको पैसाको दोब्बर रकम जित्न सक्नेछन्। असारपछि १ जनाले बम्मर उपहारमा काठमाडौंमा घर पाउने छन्।

इसेवा मनि ट्रान्सफरका सीईओ अजेश कोइरालाले डिजिटल रेमिट्यान्सकोलागि २०१९ मा सुरूवात गरेको बताए। उनले रेमिट्यान्सलाई डिजिटलरुपमा पठाउनकोलागि इसेवासंग सहकार्य गरेको बताए।

इसेवाका सीईओ जगदिश खड्काले डिजिटल रूपमा प्राप्त रकमले अर्थतन्त्रमा सकरात्मक प्रभाब पार्ने बताए। काठमाडौंमा घर जित्ने अभियानमा जोडिन इसेवा वालेट बाटै रकम पठाउनु पर्ने छ। इसेवा मनी ट्रान्सफरका बैंक खातामा पठाउँदा अफरमा सहभागी हुन पाइदैन। इसेवामा पठाएको पैसा ग्रहाकले बैंक खाता वा अन्य ठाउँमा भुक्तानी गर्न सक्नेछन्।

सीईओ खड्काले रेमिट्यान्सबाट आएको रकम त्यहीबाटै खर्च गर्ने वातावरण बनाउने प्रयास गरेको बताए। रेमिट्यान्सले नेपाली अर्थतन्त्रको बाह्य क्षेत्रमा ठुलो योगदान गरेको छ। गत वर्ष युएईमा सवारी चालकको काम गर्ने पूर्णबहादुर श्रेष्ठले काठमाडौंमा घर जितेका छन्।

एफनवान सफ्टका निर्देशक सुवास शर्माले ५२ औं कम्पनीको रूपमा दर्ता भएको भन्दै फरक रूपमा आएको बताए। शर्माले खातामा पठाउनमात्रै नभई डिजिटल वालेटमा पठाई नेपालका सबै ठाउँमा डिजिटल भुक्तानी गर्न सकिने बताए।

यो समाचार शेयर गर्नुहोस्
604SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?