National life

इसेवा केयरको क्रिसमस अफर, ३६ हजारसम्म क्यासब्याक पाइने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ पुस २०८०, आइतबार
1.3kShares
इसेवा केयरको क्रिसमस अफर, ३६ हजारसम्म क्यासब्याक पाइने
ncell

काठमाडौं । भुक्तानी सेवा प्रदायक फिचर इसेवाले अत्याधिक रुचाइएको 'इसेवा केयर' सुविधामा क्रिसमस अफर अन्तर्गत ३६ हजार क्यासब्याक पाइने अफर ल्याएको छ ।

दैनिक एक रुपैयाँ भन्दा घटिमा हेल्थ केयर सुविधा लिन सकिने इसेवा केयरमा यस्तो अफर सार्बजनिक गरिएको हो । अफर अन्तरगत वर्षको ३६० रुपैयाँमा २ लाख ३० हजार सम्मको कभरेज प्रदान हुनेछ। यो सेवा आज (पौष ८ गते ) खरीद गरेमा एक जना भाग्यशाली बिजेताले सय गुणा अर्थात् ३६ हजारको क्यास ब्याक पाउनेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इसेवाले आफ्ना ग्राहक तथा प्रयोगकर्ताहरूको स्वास्थ्य तथा आइपर्ने भवितव्य तथा दुर्घटनालाई मध्यनजर गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स्सँगको सहकार्यमा यस किसिमको सुविधा प्रदान गरिरहेको छ । यस सुविधा प्रयोग गर्नका लागि इसेवाको मोबाइल एप्स गइ इसेवा केयर सेवा अन्तर्गत दैनिक १ रुपैयाँ भन्दापनि कमका दरले एक वर्षका लागि ३६० रूपैयाँमा यो प्याकेज खरिद गर्न सकिनेछ ।

जहाँ ग्राहकहरूले थुप्रै स्वास्थ्य सेवाहरूका साथै अस्पताल भर्ना बीमा प्याकेज र दुर्घटना बीमाको सुविधा लिन सक्नेछन्। यस प्याकेज अन्तर्गत हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट २,३०,००० सम्मको दुर्घटना उपचार खर्च र अस्पतालको बेड शुल्कको बीमा दाबी गर्न सकिनेछ । जस अन्तर्गत अस्पतालको बेड चार्जमा १०,००० रूपैयाँसम्म र २,२०,००० सम्मको दुर्घटना बीमा उपलब्ध छ ।

साथै बिभिन्न स्वास्थ्य सेवामा ३० प्रतिशत सम्मको छुट पनि पाउने ब्यबस्था गरिएको छ। यो बीमा प्योकज खरिद गरेका व्यक्तिले बीमा दाबी गर्नको लागि ३५ दिन भित्र हिमालयन एभरेष्ट इन्स्योरेन्स्मा आवश्यक कागजात सहित सम्पर्क गर्नुपर्नेछ । खरिदकर्ताले इसेवा मार्फत पनि डकुमेन्ट बुझाएर दाबी भुक्तानीको लागि प्रकृया सुरु गर्न सक्दछन।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?