National life

इ-भिसा,स्वचालित प्रणाली र अनलाइन भुक्तानी सुरु: अब विहान ८ बजेबाटै सेवा लिन सकिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ माघ २०८०, शुक्रबार
621Shares
इ-भिसा,स्वचालित प्रणाली र अनलाइन भुक्तानी सुरु: अब विहान ८ बजेबाटै सेवा लिन सकिने
ncell

काठमाडौं । अध्यागमन विभागले आजदेखि ई-भिसा,कार्यालय स्वचालन प्रणाली र अनलाइन भुक्तानीको शुभारम्भ गरेको छ।

आज विभागको कालिकास्थानस्थित कार्यालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले उक्त सेवाको शुभारम्भ गरेका हुन। विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार आगामी महिना फागुन १ गतेदेखि विहान बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सेवा सुरु हुने जानकारी दिएका छन् ।

“हाल विहान १० बजेदेखि ५ बजेसम्म कार्यालय सञ्चालन हुने गरेकोमा फागुन १ गतेदेखि विहान ८ बजेदेखि साँझ ८ बजेसम्म र इ(भिसा सुरु भएपछि बिहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म सिफ्ट प्रणालीमा हरेक दिन कार्यालय सञ्चालन गरिने छ”, महानिर्देक तामाङले भने ।,

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

.ई(भिसा’ लागू गर्ने पूर्वअभ्यासका लागि ‘इलेक्ट्रोनिक ट्राभल अथोराईजेसन’ (इटीए) लागू गरिएको विभागको जानकारी छ । यसमार्फत संसारको कुनै पनि ठाउँबाट विदेशी नागरिकले अनलाइनमार्फत भिसा आवदेन गर्नसक्ने र अनलाइनमार्फत नै भिसा शुल्क बुझाउन सक्ने विभागको जानकारी छ।

विभागले सबै प्रकार सेवा शुल्क तथा जरिवानाहरु नेपालका मोबाइल बैंकिङ र वालेट सेवा प्रदायकमार्फत भुक्तानी गर्न सकिने जनाएको छ । सेवाग्राहीले अनलाइनमार्फत दिएको आवेदनको अवस्था तथा भुक्तानीको विवरण ‘ट्रयाक’ गरी हेर्न सकिने छ । विभागले उक्त विषयको जानकारी इमेल तथा एसएमएसमार्फत दिने र डिजिटल साक्षरता कम भएका सेवाग्राहीका लागि कर्मचारीमार्फत सहजिकरण गर्ने व्यवस्था मिलाएको जानकारी दिएको हो ।

विभागका महानिर्देशक तामाङले समग्र अध्यागमन प्रशासनलाई पारदर्शी, उत्तरदायी, मितव्ययी बनाउनका लागि सरल, सहज र छिटो छरितो सेवा प्रवाह गर्न पूर्णरुपमा अनलाइनमार्फत स्वचालित सेवा प्रणाली प्रारम्भ गरिएको जानकारी दिएका छन् । “यस विभागबाट प्रदान हुने सबै प्रकारका सेवा अनलाइनमार्फत् स्वचालित रुपमा सञ्चालन भइरहेकाले नयाँ भिसा प्राप्त गर्न, भिसाको म्याद थप गर्न, पदयात्रा अनुमति प्राप्त गर्न सेवाग्राही भौतिक रुपमा कार्यालयमा उपस्थित हुनुपर्ने, आवेदन दिन र भुक्तानी गर्न लाइन बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ”, महानिर्देशक तामाङले भने ।

यो समाचार शेयर गर्नुहोस्
621SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?