National life

ईसेवाले ल्यायो आफ्नो मर्चेन्टहरुलाई आकर्षक अफर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०९ असोज २०८०, मङ्गलबार
749Shares
ईसेवाले ल्यायो आफ्नो मर्चेन्टहरुलाई आकर्षक अफर
ncell

काठमाडौँ । के तपाईं ईसेवामा भर्खरै मात्र ईसेवा क्यूआर मर्चेन्ट भएर जोडिनुभएको हो? यदि हो भने, ईसेवाले तपाईंको लागि आकर्षक उपहारहरू जित्ने एउटा अफर लिएर आएको छ।

यस अफर मार्फत ईसेवा क्यूआर मर्चेन्टहरूले रु ५०० सम्मको टप-अप तथा हरेक हप्ता ५ जना व्यवसायीले १ महिनाको इन्टरनेट सित्तैमा जित्न सक्नेछन्। यो अफर ३ महिनासम्म (भाद्र १५ देखि मङ्सिर १४, २०८०) चल्ने कम्पनीले जनाएको छ।

यस अफर मार्फत क्यूआर मर्चेन्ट भएका व्यवसायीहरूले इसेवामार्फत प्राप्त बिजनेस क्यूआर मार्फत भुक्तानी लिएको हुनुपर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
व्यवसायीहरूले इसेवा बिजनेस क्यूआर सक्रिय भएको पहिलो महिनामै रु. १०० वा सो भन्दा बढिको ३ वा बढि कारोबार क्यूआर मार्फत प्राप्त गर्दा रु. १० देखि रु. ५०० सम्मको टप-अप प्राप्त गर्न सक्नेछन्। साथमा, हरेक हप्ता ५ जना भाग्यशाली मर्चेन्टले रु. १५०० बराबरको एक महिनाको इन्टरनेट प्याकेज पनि जित्न सक्नेछन्।

ईसेवामार्फत प्राप्त बिजनेस क्यूआर प्रयोग गरी भुक्तानी लिँदा व्यवसायीले आफ्नो इच्छाअनुसार इसेवा खाता वा बैंक खातामा पैसा जम्मा गर्न सक्नेछन्। साथमा, ईसेवा प्रयोगकर्ताले समेत डिजिटल माध्यमको प्रयोग गरी नगद वा चानचुनको झन्झट बिना सजिलै कारोबार गर्न सक्नेछन्।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७* लाख ग्राहकले सेवा लिइरहेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
749SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?