काठमाडौं । CG Motors, नेपालमा AION इलेक्ट्रिक भेहिकलको आधिकारिक वितरक, ले नेपाली ग्राहकहरूको बदलिँदो आवश्यकता र चाहनालाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय स्तरका प्रिमियम इलेक्ट्रिक सवारीसाधनहरू नेपाली बजारमा प्रस्तुत गर्दै आएको छ। अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन, सुरक्षा, आराम र उत्कृष्ट प्रदर्शनलाई समेट्दै AION ले नेपालमा विद्युतीय गतिशीलताको नयाँ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
बहुप्रतीक्षित NADA Auto Show 2026 आधिकारिक रूपमा सुरु भएको छ, जहाँ अटोमोबाइल क्षेत्रका प्रमुख ब्रान्डहरूले आफ्ना नवीनतम प्रविधि र उत्पादनहरू प्रदर्शन गरिरहेका छन्। ग्राहकहरूलाई भविष्यको मोबिलिटी अनुभव गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने यस प्रतिष्ठित अटो शोमा AION Nepal ले आफ्नो प्रिमियम इलेक्ट्रिक SUV AION V प्रदर्शन गरिरहेको छ।
प्रिमियम इलेक्ट्रिक मोबिलिटीलाई अझ सहज र पहुँचयोग्य बनाउन AION Nepal ले AION V 2026 Model का लागि विशेष NADA Exclusive Offer सार्वजनिक गरेको छ। यस सीमित अवधिको अफर अन्तर्गत ग्राहकहरूले AION V Elite 2026 Model रु. ५९,९९,०००/- को विशेष मूल्यमा र AION V Luxury 2026 Model रु. ७३,९९,०००/- को विशेष मूल्यमा खरिद गर्न सक्नेछन्। यसका साथै ग्राहकहरूले ६.६ kW चार्जर र फ्लोर म्याट निःशुल्क, आकर्षक नगद छुट, Nothing Phone अफर तथा १ वर्षको Road Tax र Auto Plus Insurance सुविधा समेत प्राप्त गर्नेछन्, जसले AION V को स्वामित्व अनुभवलाई अझ विशेष र मूल्यवान बनाउनेछ।
यी NADA विशेष अफरमार्फत AION Nepal ले ग्राहकहरूलाई अत्याधुनिक प्रविधि, प्रिमियम फिचर र उत्कृष्ट मूल्यसहितको इलेक्ट्रिक SUV स्वामित्वमा लिने सुनौलो अवसर प्रदान गरेको छ। AION V 2026 Model ले आकर्षक डिजाइन, उच्च दक्षता, स्मार्ट ड्राइभिङ प्रविधि र आरामदायी यात्राको संयोजन प्रदान गर्दछ, जसले नयाँ पुस्ताको इलेक्ट्रिक मोबिलिटी रोज्ने ग्राहकहरूका लागि यसलाई उत्कृष्ट विकल्प बनाएको छ।
AION Nepal ले सबै अटोमोबाइल प्रेमी, इलेक्ट्रिक भेहिकल खरिद गर्न इच्छुक ग्राहक तथा भविष्यको मोबिलिटी अनुभव गर्न चाहने सम्पूर्ण आगन्तुकहरूलाई NADA Auto Show 2026 को Block A, Stall No. A1 मा रहेको AION Stall भ्रमण गर्न हार्दिक निमन्त्रणा गर्दछ। ग्राहकहरूले त्यहाँ AION V लाई नजिकबाट अवलोकन गर्न, यसको विशेषताहरू अनुभव गर्न, उत्पादन विशेषज्ञहरूसँग जानकारी लिन तथा NADA अवधिभर उपलब्ध विशेष अफरहरूको बारेमा विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन्।
NADA Exclusive Offer मार्फत AION Nepal ले ग्राहकहरूलाई प्रिमियम इलेक्ट्रिक मोबिलिटी अझ बढी मूल्य, सुविधा र आकर्षक स्वामित्व लाभसहित प्रदान गर्ने प्रयास गरेको छ। आजै AION Stall मा भ्रमण गर्नुहोस्र, विद्युतीय ड्राइभिङको भविष्यको अनुभव लिनुहोस्।


































