काठमाडौं । नाडा अटो शो २०२६ मा भेस्पा र अप्रिलियाले ग्राहक आकर्षित गर्न विशेष अफरसहित नयाँ मोडलहरू प्रदर्शनीमा ल्याएका छन्। नेपालका लागि आधिकारिक वितरक डेल्टा अटोकर्पले स्कुटर खरिद वा बुकिङ गर्ने ग्राहकलाई २८ हजार ५ सय रुपैयाँसम्मको लाभ दिने योजना सार्वजनिक गरेको छ।
‘द सेभिङ एक्स्ट्राभ्यागान्जा’ नाम दिइएको योजनाअन्तर्गत मेला अवधिभर स्कुटर खरिद वा बुकिङ गर्ने ग्राहकले विशेष भेस्पा तथा अप्रिलिया ल्यापटप ब्यागसमेत प्राप्त गर्नेछन्।
यो योजना नगद, वित्तीय सुविधा तथा पुरानो सवारीसाधन साटफेर गरी स्कुटर खरिद गर्ने सबै ग्राहकका लागि लागू हुने डेल्टा अटोकर्पले जनाएको छ।
भृकुटीमण्डपमा जारी प्रदर्शनीको स्टल नम्बर टीडब्लूई–११ मा कम्पनीले विभिन्न मोडल प्रदर्शनमा राखेको छ। प्रदर्शनीको मुख्य आकर्षणका रूपमा अप्रिलियाको नयाँ मोडल ‘एसआर १७५ एचपीई’ राखिएको छ।
त्यस्तै, नयाँ ‘लायल्याक’ रंगको भेस्पा १२५ र ‘ओरो’ रंगको भेस्पा एस १२५ पनि ग्राहकको आकर्षणमा छन्। प्रदर्शनीमा अप्रिलियाका स्ट्रोम १२५ र एसआर १६० तथा भेस्पाका जेडएक्स १२५, भेस्पा १२५ र भेस्पा एस १२५ का विभिन्न रंगका मोडलसमेत राखिएका छन्।


































