काठमाडौँ । एनआईसी एशिया बैंकले सबै वित्तीय सूचकहरूमा आफ्नो अब्बलता कायम रहेको जनाएको छ।
आज शुक्रवार एक विज्ञप्ति सार्वजनिक गर्दै बैंकले पछिल्लो समयमा सामाजिक सञ्जालमा आएका कुरालाई अफवाह भएको बताउँदै सबै सूचकहरूमा कुनै समस्या नरहेको जनाएको स्पष्ट पारेको छ।
चालु आर्थिक दोस्रो त्रैमास (पुस मसान्तसम्म) आइपुग्दा एनआईसी एशिया बैंकका कुनै पनि सूचकमा समस्या नदेखिएको बैंकले विज्ञप्ति मार्फत जानकारी गराएको छ।
पछिल्लो विवरण अनुसार बैंकको खराब कर्जा १.१९ प्रतिशत छ।

तर, एनआईसी एशिया बैंकको खराब कर्जा १.१९ प्रतिशत छ। यसले बैंकको खराब कर्जा धेरै नपुगिसकेको देखाउँछ। पुस मसान्तसम्म बैंकले कूल ३ खर्ब ८१ अर्ब निक्षेप सङ्कलन गर्दा ३ खर्ब २ अर्ब कर्जा प्रवाह गरेको छ।
यस अवधिमा समग्र वाणिज्य बैंकको औसत निक्षेप सङ्कलन २ खर्ब ६५ अर्ब र कर्जा २ खर्ब २० अर्ब छ। निक्षेप सङ्कलन र कर्जा प्रवाहमा पनि बैंक अगाडि नै देखिन्छ। बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहबाट प्राप्त ब्याज आम्दानी नै मुख्य आयस्रोत हो।
साथै, औसत वाणिज्य बैंकको प्रतिसेयर आम्दानी १५.०४ रुपैयाँ हुँदा एनआईसी एशिया बैंकको मात्रै २५.५९ रुपैयाँ छ। वाणिज्य बैकहरूको औसत किताबी मूल्य ९नेटवर्थ० १७८.९४ रुपैयाँ रहेको बेला एनआईसी एशिया बैंकको नेटवर्थ २०५.१० रुपैयाँ छ।

































